तनहुँबाट एसइईमा ६ हजार ३५६ विद्यार्थी सामेल हुने

पोखरा न्युज – ०१ चैत्र ।

यही चैत ८ गतेदेखि हुने एसइई परीक्षामा तनहुँबाट ६ हजार ३५६ जना परीक्षार्थी सामेल हुने भएका छन् ।

एसइई परीक्षामा साधारण तर्फका ६ हजार १३२, एक्जाम्टेड तर्फका ९२ र प्राविधिक तर्फका १३२ जना परीक्षार्थी परीक्षामा सामेल हुने जिल्ला शिक्षा कार्यालय तनहुँले जनाएको छ । ती परीक्षार्थीका लागि यसपटक २४ वटा परीक्षा केन्द्र कायम गरिएको छ । एसइई परीक्षाको तयारी कार्य अन्तिम चरणमा पुगेको जिल्ला शिक्षा अधिकारी रुद्रहरी भण्डारीले बताए।

उत्तर पुस्तिका केन्द्रमा पु¥याउने काम भइरहेको जानकारी उनले दिए । “केन्द्राध्यक्ष तोक्ने र प्रश्नपत्रहरु पठाउने काम चैतको पहिलो साताबाट शुरु गर्छौं”, उनले भने । परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन सरोकारवाला निकायसँग अन्तरक्रिया गरिने जानकारी भण्डारीले दिए ।

विगतका वर्षमा राजनीतिक भागबण्डामा केन्द्राध्यक्ष चयन गर्ने गरेको गुनासो आएपछि जिशिकाले पछिल्ला वर्षदेखि केन्द्र परेकै विद्यालयको मावि तहको स्थायी प्रधानाध्यापकलाई नै केन्द्राध्यक्ष नियुक्त गर्न थालिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला शिक्षा समितिका अध्यक्ष शान्ति रमण वाग्लेले परीक्षालाई स्वतन्त्र, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न आफुहरु लागिरहेको बताए ।

यसैबीच, तनहुँमा एसइई परीक्षाका लागि १६४ जना विद्यार्थी अयोग्य रहेका छन् । ७५ प्रतिशत हाजिरी नपुगेका ती विद्यार्थी परीक्षाका लागि अयोग्य भएका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button