पोखरामा २० बर्ष पुराना सवारीमाथि कारवाही सुरु, २ पर्यटक सहित १३ सवारी नियन्त्रणमा

पोखरा न्युज – १ चैत्र ।

पोखरामा २० बर्ष पुराना सार्वजनिक सवारी साधनहरु माथि  कारवाही सुरु भएको छ । चैत्र १ गते देखि २० बर्ष पुराना सार्वजनिक सवारी साधनहरु हटाउने सरकारको निर्णय अनुसार पोखरामा पनि त्यसलाई कान्वयन गर्दै  कारवाही सुरु गरिएको हो ।

विहिबार पोखरामा गरिएको अनुगमनमा २ पर्यटक सहितका १३ वटा सवारी साधन माथि कारवाही भएको छ । गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालय पोखराको नेतृत्वमा आज विहिबार पोखरामा भएको अनुगमनमा २ वटा पर्यटक सवारी साधन सहितका १३ वटा सवारी साधन माथि कारवाही भएको कार्यालय पोखराका प्रमुख अच्युतराज रेग्मीले पोखरा न्युजलाई बताए ।

बिहिबार बिहान भएको अनुमगनमा ६ र दिउसो भएको अनुगमनमा ७ गरी १३ वटा सवारी साधनहरु माथि कारवाही हो । रेग्मीका अनुसार ५ वटा पावर टेलर, ३ वटा ट्याक्सी, २ वटा ट्रक, २ वटा पर्यटक गाडी  र एउटा बस कारवाहीमा परेका हुन ।  गाडीहरुलाई जिल्ला ट्राफिक कार्यालयले आफ्नो नियन्त्रणमा लिएको र कार्यालयबाट गाडीको  लगत कट्टा गर्न कार्यालयमा वोलाइृएको प्रमुख रेग्मीले बताए ।

आफुहरुको अनुगमन जारी रहने  बताउदै रेग्मीले २० बर्ष पुराना सार्वजनिक सवारी साधनहरु अब कसैले पनि सडकमा नगुडाउन चेतवनी दिदै यातयात कार्यालयमा रहेको अभिलेखको लगत कट्टा गर्न आग्रह गरे ।

यातयात कार्यालयले २० बर्ष पुराना सार्वजनिक सवारी साधनहरु सडकमा गुडेको भेटेमा जफत गरी लिलाम बिक्रि गर्ने चेतावनी दिएको छ ।

गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालय पोखरामा लगत राखिएको २० बर्ष पुराना सवारी साधनहरु मध्ये हालसम्म ९ प्रतिशतले पनि लगत कट्टा गरेकाछैनन । गण्डकी क्षेत्रमा १ हजार ६ सय ४६ वटा सवारी साधन २० वर्ष पुराना रहेकाछन।

जस मध्ये हालसम्म ८.९३ प्रतिशत अर्थात १ सय ४७ वटा सवारी साधनको मात्र लगत कट्टा गरिएको छ । ९१ प्रतिशत अर्थात १ हजार ४ सय ९९ वटा सवारी साधनको गण्डकी क्षेत्रमा लगत कट्टा गर्न बाँकी रहेको प्रमुख रेग्मीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button