पोखरामा नाटक जिउँदो आकाश मञ्चन हुने

 

पोखरा न्युज – २४ चैत्र ।

पोखराको ग्रैहापाटनमा रहेको पोखरा थिएटद्धारा सञ्चालित गन्र्धव नाटकघरमा नाटक जिउँदो आकाश मञ्चन हुने भएको छ ।

डाँफे थिएटरको प्रस्तुतीको यस नाटकलाई पोखरा थिएटरको सहकार्यमा पोखरामा मञ्चन गर्न लागिएको हो । नाटक आगामी बैशाख १ गतेदेखि १५ गतेसम्म हरेक दिन दूई सो मञ्चन हुने पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले जानकारी दिए । पन्ध्र दिने नाटक मञ्चनलाई व्यवस्थित बनाउदै नाट्यप्रेमीलाई नाटक हेर्न नाटकघरसम्म पु¥याउने उद्धेश्यले तयारी सुरु गरेको उनले जनाए ।

आरके मेहता रोसनको परिकल्पना र निर्देशनको यो नाटकलाई चन्द्रप्रसाद पाण्डेयले लेखेका हुन् । नाटकमा एकल कलाकारको रुपमा अनिल सुब्बाले अभिनय गर्नेछन् । एकल अभिनयमा दर्शकलाई आर्कषित गर्न उनले गरेको मेहनत नाटकमा हेर्न पाइनेछ । तेस्रोलिंगीको विषय समेटिएको यस नाटक हेरेर पोखरेली दर्शकले नाटकको नयाँ स्वाद चाख्न पाउनेछन् । झण्डै एक घण्टा लामो नाटकमा अनिलले तेस्रोलिंगीको बालापन देखि युवाअवस्थाको अभिनय मार्फत चित्रण गर्नेछन् ।

हरेक दिन दिउँसो १ बजे र ५ बजे मञ्चन हुने नाटक हेर्न सर्वसाधरणका लागि तीन सय र पाँच सय तथा विद्यार्थीका लागि एक सयको टिकट काट्नुपर्ने हुन्छ ।

निरन्तर नाटक मञ्चन पोखरामा गर्ने योजनाका साथ यतिबेला पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन हुने नाटक बितेका कुराको लागि रिर्हसल समेत सुरु गरिएको पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले बताए । पोखरा थिएटर सञ्चालनमा आएपछि पोखराको रंगमञ्च पुनः सक्रिय बनेकोले नाटकप्रतिको दर्शकको मोहलाई जोगाइराख्न थिएटर निरन्तर लागिरहने सञ्चालक मध्येका एक दिल प्रसाद गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button