वि.सं. २०७४ चैत्र २७ गते मंगलबार तदनुसार ई. सं. २०१८ अप्रिल १० तारिख वैशाख कृष्ण दशमी, श्रवण नक्षत्र, मकर राशिको चन्द्रमा, साध्य योग, वणिज र विष्टि (भद्रा) करण
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मिश्रित प्रभाव भएको दिन छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट खासै लाभ पाउन सकिंदैन । व्यापारमा समय दिन नसकेमा बेफाइदा हुनेछ । सामाजिक काम र परोपकारका मार्गमा अवरोध आउने छ । विशिष्ट व्यक्तिसँगको सम्बन्ध टाढिन सक्छ । आफ्नै व्यस्तताका कारण साथीभाइको सहयोग जुटाउन सकिंदैन । लामो समयदेखि काम बन्न नसकेकाले मनमा निराशा र वैराग्यका भावना टुसाउन सक्छन् । यद्यपि सामाजिक दायित्व बढ्नेछ । परिश्रम र मिहिनेतका बलमा प्रशस्त लाभ उठाउन सकिने छ । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुनसक्छ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
शुभरङ्ग : नीलो
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : भोलेशङ्कर
अशुभ रङ्ग : कलेजी
अशुभ अङ्क : ५
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : श्रमसाध्य र मिहिनेत गर्नुपर्ने काममा बलप्रयोग नगर्ने
के नगर्ने : उदासीनता/नैराश्यता
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
धार्मिक वा सांस्कृतिक महत्त्वको यात्राको सम्भावना छ । बिर्सिसकेको आफन्त वा साथीभाइसित भेटघाट हुने सम्भावना छ । चाहेजस्तो सहयोग नपाइए पनि धन, मान र प्रतिष्ठामा कमी हुनेछैन । आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्याउन सक्दैनन्, त्यसैले कुनै काम गर्दै हुनुहुन्छ आफ्नै बुद्धि र बलको प्रयोग गरेमा अन्त्यमा सफलता प्राप्त भइ छाड्ने सङ्केत छ । आकस्मिक यात्राको योग भए पनि यात्राबाट सोचेजस्तो प्रतिफल प्राप्त हुनेछैन । तर तीर्थव्रत तथा देवालय आदिको भ्रमणबाट सन्तुष्टि मिल्नेछ । साँझपख शुभ कुराको सङ्केत मिल्ने देखिन्छ ।
शुभरङ्ग : बैजनी वा पहेंलो
शुभअङ्क : १
शुभदिशा : पूर्व
इष्टदेवता : विष्णु
अशुभ रङ्ग : चम्किलो/उज्यालो
अशुभ अङ्क : ४
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : कुलधर्म र परम्पराको अनुसरण
के नगर्ने : बृद्धबृद्धा र असहायको बेवास्ता
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्नेछन् । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । साँझतिर व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि प्रयत्न गर्दा चुनौतीहरू पन्छाउँदै केही अवसर हात पार्न सकिने छ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिने छ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । यद्यपि सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने छ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । आस मारेको कामले उत्साह जगाउनेछ ।
शुभरङ्ग : ध्वाँसे
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : सङ्कटा देवी
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ३
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यैै नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : नैराश्यभाव त्याग गर्ने
के नगर्ने : तीव्रगति र हडबड
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मिश्रित प्रभाव भएको दिन छ । मनमा डर र चिन्ताले निवास गर्नेछ । लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि केही समस्या आउन सक्छन् । स्वास्थ्यमा कमजोर रहला । बलजफ्तीले चिताएको काम बिग्रन सक्छ । पुरानो सम्झौता भङ्ग हुने सम्भावना छ । धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । त्यसैले आत्मबल बढाएर हिम्मतका साथमा काम गरेमा आम्दानी बढ्नेछ भने आतिथ्यपूर्ण सम्मान प्राप्त हुनसक्छ । प्रेमको बन्धन कसिने बेला छ । तर रमाइलो यात्राको अवसर प्राप्त भए पनि सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला । साथीभाइबाट सहयोग मिल्नेछ ।
शुभरङ्ग : सुन्तले
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : विष्णुलक्ष्मी
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : २
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : घरमा आवश्यक वस्तुको किनमेल
के नगर्ने : परिवारको बेवास्ता
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
काममा अनावश्यक प्रतिस्पर्धा गर्नुपर्ला । गल्तीबिनै आरोप लाग्न सक्छ । प्रतिद्वन्द्वीहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा पर्न सकिन्छ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । चुनौतीको सामना गर्नु पर्नेछ । व्यापार तथा उद्योगतर्फ पनि समय दिने फुर्सत हुँदैन । आम्दानीका तुलनामा खर्चको मात्रा बढ्ने सम्भावना छ । वैदेशिक यात्राको प्रकिया थाल्नु हुँदैन, तर परदेश वा दूरदराजका क्षेत्रबाट आंशिक रूपमा लाभ लिन सकिने छ । लेनदेनको कारणले विवाद आउने सम्भावना छ । विपरीत लिङ्गीहरूबाट सचेत हुनुपर्छ । फाइदाका लागि योजनाहरू गोप्य राख्न सके सफल भइन्छ ।
शुभरङ्ग : छिर्केमिर्के बुट्टे
शुभअङ्क : २
शुभदिशा : दक्षिण
इष्टदेवता : गणेश
अशुभ रङ्ग : सुन्तले/गुलाबी
अशुभ अङ्क : १
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : खानपानमा नियन्त्रण
के नगर्ने : आवेग, घमण्ड र क्रोध
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मिश्रित प्रभाव भएको दिन छ । कुनै समाचारले मन खिन्न हुनसक्छ । पढाइलेखाइमा ध्यानकेन्द्रित हुन सक्दैन । मनमा कल्पना र भावनाले डेरा जमाउने छ । मनोरञ्जन र खेलवाडले लक्ष्यप्राप्तिमा कठिनाइ उत्पन्न गर्नेछ । सहयोगीको साथ पाइँदैन, जे गरे पनि आफैं घोरिनु राम्रो हुन्छ । कुनै काम सम्पन्न गर्न दोहोर्याई तेहेर्याई गर्नु जायज हुनेछ । बन्दव्यापारमा कम मात्र फाइदा होला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । सरकारी कडिकडाउको सिकार भइनेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्नुपर्छ । समय कमजोर भए पनि मिहिनेत र परिश्रमका साथ प्रगति गर्न सकिने नै दिन छ ।
शुभरङ्ग : गाढा हरियो
शुभअङ्क : ५
शुभदिशा : पूर्व
इष्टदेवता : सूर्यदेव
अशुभ रङ्ग : कालो
अशुभ अङ्क : ३
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः
न्यूनतम जापसङ्ख्या : ०७
के गर्ने : छोराछोरीको उन्नति/प्रगतिको जानकारी लिने
के नगर्ने : अल्छी र अकर्मण्यता
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज काम बिग्रने डरले सताइरहने दिन हो । आफैंले प्रदान गरेको वाचालाई पालना गर्न सकिंदैन । अनुभवी र जान्नेबुझ्नेसमक्ष आफ्ना समस्या दर्साउँदा पनि सहयोग जुटाउन सकिंदैन । आमा वा कुनै बृद्ध नातेदारको सेवासुश्रुषामा समय बित्नेछ । सामाजिक कार्यमा अपजसको भागी बन्नुपर्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको सही उपयोग हुन सक्दैन । लक्ष्य पहिल्याउने क्षमतामा कमी आउने छ । परिवारजन तथा बन्धु–बान्धवबीच सम्बन्ध चिसिन सक्छ । तर सतर्क भई व्यवहार गर्नसके बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।
शुभरङ्ग : गाढा रातो
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : शिवर्पावती
अशुभ रङ्ग : गाढा नीलो
अशुभ अङ्क : २
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : घरपरिवारका कुरालाई वेवास्ता नगर्ने
के नगर्ने : गोपनीयता भङ्ग
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
काममा रोकावट र कममात्र फाइदा हुने समय छ । सहयोगीहरूले हात झिक्नाले अप्ठ्यारोमा पर्ने अवस्था आउन सक्छ । आर्जित धन खर्च गर्नु पर्नेछ । पुराना समस्यामा रुमल्लिनु पर्नेछ । योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ने देखिन्छ । ज्ञानगुन र पठनपाठनमा समय दिन सकिंदैन । परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । परिश्रम गरे पनि सफलता पाउन धैर्य गर्नुपर्ने समय छ । आशा गरेअनुरूप सहयोगीहरूले साथ दिनपाउने छैनन् । रोकिएका काममा घोत्लिनु परे पनि पुनः प्रारम्भ गर्ने वातावरण बन्दैन, त्यसैले धैर्य एवं लगनशीलताले मात्र फाइदा पुग्ने दिन छ ।
शुभरङ्ग : गाढा हरियो
शुभअङ्क : ७
शुभदिशा : पश्चिम
इष्टदेवता : हनुमान्
अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे
अशुभ अङ्क : १
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : बन्धुबान्धव र दाजुभाइका सल्लाह मान्ने
के नगर्ने : साथीभाइको बेवास्ता
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
धन भावको बलियो चन्द्रमाको प्रभावले विभिन्न अवसरले पछ्याउने समय छ । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिने छ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ । मोजमज्जा र रामरमाइलोमा धन खर्च गर्न मन हौसिने छ । सोचेको काम उचित समयमा सम्पादन गर्न सकिने र साख जोगाउन सकिने छ । व्यवसाय, पेसा र पठनपाठनमा गरेको सानो मिहिनेतले राम्रो प्रतिष्ठा आर्जन गर्न सकिने छ । तपाईंका क्रियाकलापको सर्वत्र चर्चा हुनेछ, नाम, दाम र सम्मान पाउनु हुनेछ । दिदीबहिनी र करकुटुम्बबाट सहानुभूति र सहयोग मिल्नेछ ।
शुभरङ्ग : सेतो वा उज्यालो
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : लक्ष्मी माता
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : ९
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : अल्पकालिक प्रतिफल आउने काममा लगानी
के नगर्ने : बोलीवचनमा कडापन
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
राशिमा चन्द्रमा छ, तर शुभफल प्राप्तिमा कठिनाइ देखिन्छ । मिश्रित प्रभाव भएको दिन छ । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ । मानसम्मानमा आघात पुग्न सक्छ । हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ । खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिन सक्छ । सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सीदलाहरूले अलमल्याउन सक्छन् । योजना बनाई अघि बढ्न सकिंदैन, तर नियमित काम बन्नेछन् । आत्मबल र संयमता नगुमाई काम गरेमा निराश हुनु पर्दैन । झिनामसिना समस्या देखिए पनि समग्रमा उपलब्धी नै हासिल हुनेछ ।
शुभरङ्ग : हलुका रातो
शुभअङ्क : ५
शुभदिशा : पूर्व
इष्टदेवता : गणेश
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ८
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : मन उत्ताउलो नबनाउने
के नगर्ने : हतारमा निर्णय
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काम प्राप्त हुनसक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने छ । टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिने छ । स्वास्थ्यप्रति सतर्क रहनु पर्छ, खास गरी जोखिम मोल्ने काम र गरिष्ठ भोजनबाट टाढा रहनु राम्रो हुनेछ । भेटघाटमा अलमलिनाले नियमित काममा बाधा पुग्न सक्छ । चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिने छ । दिगो आम्दानी हुने काम फेला पार्न सकिने छ । बरु फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छनर्् । प्रतिस्पर्धीलाई उछिन्न सकिने छ । टाढाका आफन्त वा साथीभाइसित भेटघाट हुनेछ ।
शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : कालभैरव
अशुभ रङ्ग : हरियो/चम्किलो
अशुभ अङ्क : ७
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : दीर्घकालीन प्रतिफल आउने पक्षको लगानी
के नगर्ने : याचकको अपमान
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
धेरै श्रम गर्दा तत्काललाई कम मूल्य प्राप्त हुनेछ । तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ । आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन् । भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुनसक्छ । लगानीको तुलनामा थोरै लाभांश देखिए पनि आजको प्रयत्नबाट पछिका लागि फाइदा हुनेछ । अवसर आउने छ, सचेत रहँदा राम्रो लाभ लिन सकिने दिन छ । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुनसक्छ । सरसापटमा धन खर्च हुने समय छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् ।
शुभरङ्ग : सेतो वा घिउरङ
शुभअङ्क : ७
शुभदिशा : पश्चिम
इष्टदेवता : शिवजी
अशुभ रङ्ग : घिउरङ्ग/क्रिम
अशुभ अङ्क : ६
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ नमः शिवाय
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : रचनात्मकता र सिर्जनात्मकतामा जोड दिने
के नगर्ने : अनावश्यक नियन्त्रण र निर्देशन
(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)
स्रोत – ज्योतिषसाथी – कृष्णप्रसाद कोइराला