प्रेदेश ४ सरकार दुर संचार सेवा प्रदायक निकायको निगमन र नियन्त्रण गर्दै

पोखरा न्युज – २८ चैत । चार नं प्रदेश सरकारले यस क्षेत्रमा रहेका दुर संचार सेवा प्रदायक निकायको सुरक्षा, नियन्त्रण र निगमन गर्नेगरी कानून निर्माणको तयारीमा जुटेको छ । प्रदेशलाई चाहिने ऐन कानून प्रदेश सरकारले नै वनाउने भएकाले आन्तरिक मामिला तथा कानून मन्त्रालयले सरोकारवाला निकायलाई सूचना तथा संचार कानून निर्माण प्रक्रियामा सघाउन र आ आफ्नो राय सुझाव पेश गर्न निर्देशन गरेको हो ।

नेपाल टेलिकम पोखरा शाखा र एनसीएल पोखरा शाखा प्रमुखहरुलाई वुधवार मन्त्रालयमा वोलाएर आन्तरिक मामिला तथा कानून मन्त्री हरी वहादुर चुमानले नयाँ संघिय संरचना अनुसार सेवा प्रवाह गर्न निर्देशन दिए । पुरानो संरचना अनुसार काम गर्दा समस्या आउनसक्नेतर्फ सचेत गराउदै मन्त्री चुमानले सूचना तथा संचार सम्वन्धी प्रादेशिक कानून वनाउदा राष्ट्र र जनताको हितमा हुनेगरी सुझाव दिन कर्मचारीलाई आग्रह गरे ।

‘प्रदेशले खासगरि के कस्ता कुरामा सुधार ल्याउदा सूचना तथा संचारको सेवा प्रवाहलाई अझ वढी प्रभावकारी वनाउन सकिन्छ, त्यस्को खाका ल्याउनुहोस’ –मन्त्री चुमानले कार्यालय प्रमुखसँग भने ।

मन्त्रालयका सचिव फणिन्द्रमणी पोखरेलले गुणस्तरीय सेवा र प्रदेसका लागी प्रभावकारी कानून निर्माणका लागी सहजीकरण गर्न सेवा प्रदायक निकायका प्रमुखहरुलाई आग्रह गरे ।

नेपाल टेलिकम पोखरा शाखाका अनिल जोसी र एनसिएल पोखरा शाखाका चिरञ्जिवि ढकालले सूचना तथा संचारको अवस्था र सेवा प्रवाहको वारेमा जानकारी गराएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button