आजको राशिफल – वैशाख २० गते बिहीबार ( भिडियो सहित )

पोखरा न्युज – २०, बैशाख ।

आज वि.सं. २०७५ वैशाख २० गते बिहीबार तदनुसार ई. सं. २०१८ मई ०३ तारिख, शुद्धज्येष्ठ कृष्ण तृतीया, ज्येष्ठा नक्षत्र, बृश्चिक राशिको चन्द्रमा, परिघ योग, विष्टि (भद्रा) र बब करण
आजको चाडपर्व र उत्सव : अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस,
आजको मूहुर्त : अग्निवास(होमादि), चूडाकर्म(छेवर),
भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), पुराणश्रवण,

आजका लागि अशुभ समय :–
राहु काल : दिउँसो ०१:४१ देखि ०३:२० सम्म
यमघण्ट : बिहान ०५:२५ देखि ०७:०४ सम्म
गुलिक काल : बिहान ०८:४३ देखि १०:२३ सम्म
काल वारवेला : दिउँसो ०३:२० देखि ०४:५९ सम्म
रोग वारवेला : बिहान ०७:०४ देखि ०८:४३ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : साँझ ०४:५९ देखि ०७:५९ सम्म
लाभ वारवेला : दिउँसो १२:०२ देखि ०१:४१ सम्म

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
भाग्यस्थानमा चन्द्रमाको प्रवेश हुँदैछ, तर पनि परिस्थिति विपक्षमा नै रहने सङ्केत देखिन्छ । कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग चित्त नबुझ्न सक्छ । बोलीमा संयमता अपनाउनु पर्छ किनकि भनेको कुराले विपरीत अर्थ वहन गर्नेछ । नयाँ साथीभाइलाई झट्ट विश्वासमा लिनु हुँदैन । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । कताकता भाग्यबलमा कमी भएको आभास गर्नु हुनेछ । बन्दव्यापार र रोजगारीको क्षेत्रमा लगनशील र सक्रिय भएमा मात्र सफलता पाउनु हुनेछ । दाम्पत्य जीवन पनि निराशापूर्ण नै रहने छ । दिउँसोबाट निराशाको अन्त्य हुनसक्छ ।
शुभरङ्ग : कालो
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : कालभैरव
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ३
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ कालभैरवाय नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : उत्ताउलोपन, चञ्चलता र हडबडीमा नियन्त्रण्
के नगर्ने : असुरक्षित यात्रा

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मन रोमान्टिक र भावुक बन्नेछ । रमझम र मनोरञ्जनमा आकर्षण बढ्रन सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ । दिन ढल्दै जाँदा जिम्मेबारीबोध बढ्दै जानेछ, रामरमाइलो त्यागेर व्यवसायिक गतिविधिमा संलग्न हुन मन लाग्नेछ । आम्दानीका दृष्टिले नराम्रो छैन, तर विलासिताका क्षेत्रमा खर्च बढ्न सक्छ ।
शुभरङ्ग : गुलाबी वा सिन्दूरे
शुभअङ्क : ७
शुभदिशा : पश्चिम
इष्टदेवता : शिवर्पावती
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : २
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ गृहलक्ष्म्यै नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : परिवारमा अधिकतम समय दिने
के नगर्ने : ख्यालठट्टा र जिस्क्याउने काम

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, तर धेरै टाढा जानु पर्दैन । आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ ।
शुभरङ्ग : हलुका सेतो
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : भगवान् शङ्कर
अशुभ रङ्ग : सुन्तले/गुलाबी
अशुभ अङ्क : १
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ रां राहवे नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : समस्या र सङ्कटर्लाइ सार्वजनिक गर्ने
के नगर्ने : स्वास्थ्यप्रति बेवास्ता

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
बुद्धिस्थानमा कमजोर चन्द्रमा रहेकाले आज स्वाद र बोलीवचनमा नियन्त्रण गर्नु राम्रो हुन्छ, नत्र पाचनप्रणालीमा गडबडी हुनसक्छ वा सम्मान दिनुपर्ने व्यक्तिसित मुखामुख हुनसक्छ । मानसम्मानमा गिरावट आउन नदिन प्रयास हुनेछन् । ज्ञानविज्ञान वा पठनपाठनमा ध्यान केन्द्रित हुन सक्दैन । बन्दव्यापारमा ध्यान पुर्याउन नसक्दा नोक्सानीको सम्भावना पनि छ । खेलवाड र बेकारका कुरामा अल्मलिएर समय व्यतीत हुनेछ । प्रणय सम्बन्धमा चिसोपन देखिन्छ र मन खिन्न हुनसक्छ, परिस्थिति आफ्नो पक्षमा ल्याउन आँफू चुप लागेर बस्नु उचित हुनेछ । सन्तति वा भाइबहिनीका समस्यामा घोरिनु पर्ने वेला छ ।
शुभरङ्ग : हलुका नीलो वा हरियो
शुभअङ्क : १
शुभदिशा : पूर्व
इष्टदेवता : सरस्वती माता
अशुभ रङ्ग : कालो
अशुभ अङ्क : ३
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ सरस्वत्यै नमः
न्यूनतम जापसङ्ख्या : ०७
के गर्ने : सिर्जनात्मकता र रचनात्मकतामा जोड दिने
के नगर्ने : बुद्धिको दुरुपयोग

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
उदयकालमा चतुर्थ चन्द्रमा भएकाले घरपरिवारभित्रका विविध समस्यामा रुमल्लिनु पर्ने छ । आन्तरिक सम्पत्तिको लेखाजोखा र बाँडफाडका विषयमा केन्द्रित हुने दिन छ । घरबाहिर बस्नेका लागि वा वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । यात्राको सम्भावना छ । रातीअबेर चन्द्रमाले पाँचौं घरलाई छुनेछ, त्यसपछि दार्शनिक वा बौद्धिक क्षेत्रमा दिलचस्पी बढ्ने छ । ज्ञानगुन, परोपकार र वैराग्यका भावनाहरू सञ्चरण हुन्छन् । तर दिनभरि शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । प्रेमसम्बन्धमा विश्वासको कमी देखिने छ । छर–छिमेकमा असमझदारी बढ्ने सम्भावना छ । प्रतिस्पर्धाबाट बेफाइदा हुनेछ ।
शुभरङ्ग : रातो वा पहेंलो
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : भगवती दुर्गा
अशुभ रङ्ग : गाढा नीलो
अशुभ अङ्क : २
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ नमश्चण्डिकायै
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : पति/पत्नी, प्रेमी/प्रेमिका वा छोराछोरीको चाहना पूरा गर्ने
के नगर्ने : घरपरिवारका कुरामा बेवास्ता

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज सङ्घर्षका साथ कामको चाप र दायित्व बढ्ने दिन हो । रोकिएका पुराना कामहरू सुल्झाउन प्रयास गरिने छ, कडा मिहिनेतपछि अन्त्यमा सफलता मिल्नेछ । नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्न उत्ति राम्रो देखिंदैन, किनभने तृतीय भावमा रहेको कमजोर चन्द्रमाको प्रभावले मित्रवर्ग र साथीभाइले तपाईंको काममा साथ दिन सक्दैनन् । कुनै काममा अरुको आशा नगरेको जाति हुन्छ । बन्दव्यापारमा सामान्यतया राम्रै छ । परोपकार र धार्मिक क्षेत्रमा खट्नु पर्ने छ । रातीअबेर चतुर्थभावमा चन्द्रमा पुग्नेछ, घरायसी समस्यामा अल्मलिनु पर्नेछ, परिवारका सदस्यको परिस्थिति देखेर मनमा नैराश्य जाग्न सक्छ ।
शुभरङ्ग : गाढा नीलो
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : गणेश
अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे
अशुभ अङ्क : १
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : साथीभाइको सङ्गत र गफगाफमा नियन्त्रण
के नगर्ने : घमण्ड

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ, आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनु पर्नेछ । बन्दव्यापार राम्रो छ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । प्रशंसकहरू बढ्ेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ ।
शुभरङ्ग : घिउ रङ
शुभअङ्क : २
शुभदिशा : दक्षिण
इष्टदेवता : लक्ष्मी माता
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : ९
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : सुमधुर बोलीवचनको प्रयोग गर्ने
के नगर्ने : अनावश्यक खानपान

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आफ्नै राशिमा चन्द्रमा रहेकाले सामान्यतया आजको दिन राम्रै दिन हुनेछ । तर चन्द्रमा कमजोर रहेकाले तपाईंको काममा आज कसैले सहयोग गर्ने सम्भावना छैन । आत्म–विश्वासमा कमी आउने छ । नियमित भोजनको समेत अनुकूलता हुँदैन । पछाडि बसेर तपाईंका कुरा काट्नेहरूले खिसीट्यौरी गर्न छाड्दैनन् । घरमा परपाहुनाको चाप बढ्न सक्छ । मनमा उत्साह र उमङ्गको उदय भएपनि लामो समयसम्म टिक्न सक्दैन, कताकता निराशाबोध हुनसक्छ । रातीअबेर धनभावमा चन्द्रमाको प्रवेश हुनाले मन पर्ने वस्त्र, अलङ्कार आदि खरिद गर्न धनको जोहो हुनसक्छ । आर्थिक कारोबारमा शुभ सङ्केत पाउन सकिन्छ ।
शुभरङ्ग : सिन्दूरे रातो
शुभअङ्क : ९
शुभदिशा : पूर्व
इष्टदेवता : हनुमान्
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ८
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : निर्णय गर्दा राम्ररी सोचविचार गर्ने
के नगर्ने : हडबड र शीघ्रता

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
यात्राको योग छ । चन्द्रमा अनुकूल छैन, तर अन्य ग्रहको शुभ बल छ, त्यसैले यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । काममा बाधा देखिए पनि अत्तालिइ हाल्नु पर्दैन । बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ । कुनै गोप्य योजना कार्यान्वयन गर्न आजको दिन अनुकूल छ । बन्दव्यापारमा बेफाइदा छैन । आत्मबल र हौसला नत्यागे सफलता पाउनु हुनेछ । वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । नयाँ कामको वातावरण तैयार हुनेछ, अर्थलाभका अवसर आउने छन् । पारिवारिक जीवन सन्तोषप्रद रहने छ, घरखर्चमा बृद्धि हुनेछ ।
शुभरङ्ग : सेतो वा बैजनी
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : धर्मराज
अशुभ रङ्ग : हरियो/चम्किलो
अशुभ अङ्क : ७
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ चित्रगुप्ताय नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : दान, धर्म, परोपकार
के नगर्ने : रिसराग, उद्वेग र क्रोध

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ । मिहिनेत गर्नुपर्छ, जे गरे पनि सफलता आर्जन हुने दिन छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ वा धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । विश्वासको वातावरण बन्नेछ । आत्मबल र निर्णय क्षमतामा बृद्धि हुनेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ ।
शुभरङ्ग : कालो
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : सरस्वती माता
अशुभ रङ्ग : घिउरङ्ग/क्रिम
अशुभ अङ्क : ६
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ नीलसरस्वत्यै नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : छोराछोरीको उन्नति/प्रगतिको जानकारी लिने
के नगर्ने : ठूलाबडा र मान्यजनको बेवास्ता

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ । कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन् । ठूलाबडाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने छ । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । व्यापार/व्यवसायमा सोचेजति लाभ पाइने छ । आफ्नो क्षेत्रमा साख रहनेछ ।
शुभरङ्ग : ध्वाँसे
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : महालक्ष्मी
अशुभ रङ्ग : कलेजी
अशुभ अङ्क : ५
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ भूमिदेव्यै नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : हाकिम, मान्यजन र पिताका चाहना बुझ्ने
के नगर्ने : लोभ र मोह

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज शत्रु नै भए पनि कसैको आलोचना वा विरोध नगर्नु राम्रो हो, नत्र भाग्यको मार्गमा अवरोध आउनसक्छ । प्रेम र भाइचाराका लागि दानपुण्यमा सहभागी हुनु भएमा रोकिएको काम बन्नसक्छ । तपाईंका विचार र भावनालाई बेवास्ता गर्नेहरूको क्रियाकलापले मनमा विरक्तिको भाव बहन सक्छ । प्रयासमा सफलता प्राप्त हुने दिन छ, तर प्रतिस्पर्धी र शत्रुले तपाईंको प्रतिष्ठामा आघात पुर्याउने प्रयास गर्दैछन्, विचार गर्नुहोला । ढिलै भए पनि चाहना र मनोकाङ्क्षा पूरा हुनेछन् । अन्ततः प्रतिष्ठित व्यक्तिले समेत तपाईको सराहना गर्न सक्छन् । आफन्तबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ ।
शुभरङ्ग : सेतो वा पहेंलो
शुभअङ्क : ५
शुभदिशा : पूर्व
इष्टदेवता : कुलगुरु/शिवजी
अशुभ रङ्ग : चम्किलो/उज्यालो
अशुभ अङ्क : ४
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ गुरवे नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : बृद्धबृद्धा, असहाय र दीनहीन अवस्थाका व्यक्तिको सहयोग
के नगर्ने : आडम्बर र ढोंगीपन

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

स्रोत -ज्योतिष साथी, कृष्ण प्रसाद कोइराला 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button