पोखरा न्युज – २०, वैशाख ।
स्याङ्जामा बुधबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बुधबार साझ स्याङ्जाको भिरकोट नगरपालिका ४ ओडारे स्थित सिद्धार्थ राजमार्गमा भएको दुर्घटनामा परी स्याङ्जाको वालिङ नगरपालिका ८ मिर्दि बस्ने स्कुटी चालक २८ वर्षिय सञ्जिव गाहामगरको मृत्यु भएको हो ।
वालिङबाट काठमाण्डौतर्फ आउँदै गरेको ना ५ ख ४१८५ नम्बरको बसले पोखराबाट वालिङ तर्फ जाँदै गरेको ग १२ प ६५३५ नं.को स्कुटरलाई ठक्कर दिँदा घाइते भएका गाहामगरको प्राथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।स्कुटरको पछाडी सवार सञ्जिवकी श्रीमती मधु गाहामगर गम्भीर घाइते भएकी छिन ।
उनलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा सामान्य उपचार पश्चात थप उपचारको लागि पोखराको मणिपाल अस्पताल लगिएको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए ।
सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
घटनाको विषयलाई लिई मृतकका आफन्तले वालिङ नगरपालिका ८ मिर्दि पुलस्थित सिद्धार्थ राजमार्गमा अबरोध गरेका थिए । घटना पश्चात बस समिति र पीडित पक्ष बीच छलफल गर्ने निर्णय गरि बाटो सुचारु गरिएको प्रहरीले उल्लेख गरेको छ ।
(प्रतीकात्मक तस्वीर)





