अन्नपूर्ण पदमार्गमा पर्यटकलाई तीन दिन रोक

पोखरा न्युज – २१ बैशाख ।

विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा तीन दिनका लागि पर्यटक आवागमनमा रोक गरिने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्ताङ भ्रमणका क्रममा सुरक्षा संवेदनशीलताका लागि पदमार्गमा पर्यटक आगमन निषेध गर्न लागिएको हो । पदमार्गमा आउने पर्यटक थोराङ्ला भञ्ज्याङ पार गरेर मुक्तिनाथ मन्दिर पुग्ने भएकाले मनाङबाट मुस्ताङ पुग्न पदमार्गमा पर्यटक आवागमन निषेध गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । जिप्रका मुस्ताङको आग्रहमा मनाङतर्फको मार्ग पर्यटकलाई रोक लगाउन लागिएको हो ।

प्रशासन कार्यालय मनाङका अनुसार वैशाख २७ देखि २९ गतेसम्म पदमार्ग बन्द गरिनेछ । मनाङबाट थोरङ्ला भञ्ज्याङ जाने पर्यटकलाई रोक लगाउन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लाई निर्देशन दिइएको निमित्त प्रजिअ जयराम भण्डारीले जानकारी दिए ।

अन्नपूर्ण पदमार्गमा आउने पर्यटक लमजुङ हुँदै मनाङ पुग्छन् । पर्यटक मनाङ पुगिसकेको भए पनि निषेध अवधिमा मुस्ताङ प्रवेश गर्न नपाउने बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button