पोखरामा जिल्ला स्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सुरु

पोखरा न्युज – २१, बैशाख ।

पोखरामा कास्की जिल्ला स्तरिय १० औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

शुक्रबार भएका खेलहरुमा एथलेटिक्स तर्फ १५०० मिटर छात्रा दौडमा जनप्रिय मावीकी शुष्मिता भट्टराईले ५ मिनेट ५८.५ सेकेण्डमा दुरी पार गर्दै प्रथम भएकी छन । यसैगरि गौरीशंकर मावीकी ओम माया फगामीले ५ मिनेट ५८.८ सेकेण्डमा दुरी पार गर्दै दोश्रो र टप्स मावीकी रोशमा तिवारीले ६ मिनेट २७.५ सेकेण्डमा दुरी पार गर्दै तेश्रो भइन ।

यसै गरि छात्रा सटपुट तर्फ भद्रकाली मावीकी सोनु नेपालीले ८.४९ मिटर फाल्दै प्रथम भइन । यसै गरि टप्स मावीकी ममता डगौराले ८.०५ मिटर फाल्दै दोश्रो र कास्की मोर्डनाइज्डकी रितु पुनले ६.६८ मिटर फाल्दै तेश्रो भइन । शुक्रबार सम्पन्न छात्र भलिवलमा सात बटा खेल सम्पन्न भएका छन । जसमध्ये शुक्ला मावीले निष्पक्ष मावीलाई २–१ को सेटमा, शारदा मावीले धौलाश्री मावीलाई २–१ को सेटमा, छोरेपाटन मावीले लिटिल स्टेपलाई २–१ को सेटमा, हिमाञ्चल बोर्डिङ स्कुलले चिरगादी मावीलाई २–० को सेटमा र न्यू मिलिनियमले माउन्ट हेभेनलाई २–० को सेटमा पाखा लगाउँदै दोश्रो चरणमा प्रवेश गरेका छन ।

यसै गरि शुक्रबार तेक्वान्दो र कब्बडीका पहिलो चरणका खेलहरु जारी रहेका छन भने सितेरियो करातेको खेल शनिवार बाट प्रारम्भ हुनेछ ।
शुक्रबार भएको मार्च पासमा फिसटेल एकेडेमी प्रथम, शैनिक आवाशिय महाविद्यालय पोखरा दोश्रो र हिमाञ्चल बोर्डिङ स्कुल तेश्रो भए ।
यस अघि प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्माले नेपालको खेलाडी उत्पादनमा विद्यालयको विशिष्ट योगदान रहेको चर्चा गर्दै नेपालको खेल क्षेत्र अझै पनि सिमित श्रोत साधनका साथ अघि बढेको बताए ।

मन्त्रि विश्वकर्माले नेपालको खेल क्षेत्रको समृद्धीका लागी मन्त्रालय योजनावद्ध तरिकाले अगाडी बढेको बताउँदै २०१९ को मार्चमा नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद समयमा गर्र्ने गरि पूर्वाधार बिकासमा ध्यान दिइएको बताए । मन्त्रि विश्वकर्माले खेलकुद बाट पनि राज्यले आर्थिक प्रगती गर्न सक्ने तर्फ इगिंत गर्दै यसका लागि शाहसिक खेलकुदका गरिविधी तर्फ विशेष जोड दिइने बताए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार विष्टले पोखराको नयाँ फुटबल रंगशाला ६ महिना भित्रै सक्ने गरि काम सुरु हुने जानकारी गराउँदै पोखरालाई अब फेवाताल र अन्नपुर्ण बाट मात्र नभई खेलकुदको शहरको रुपमा परिचित गराउनु पर्ने बताए । उनले खेलकुदका पूर्वाधार बिकासका कुरा गफ मात्रै नभई अग्रगतीका साथ अधि बढेको बताउँदै बनेका पूर्वाधारहरुको सहि सदुपयोग गर्न आग्रह समेत गरे ।

कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङको अध्यक्षतामा भएको उदघाटन कार्यक्रमलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेल, कास्की जिल्ला समन्वय समितीका प्रमुख बयान बहादुर क्षेत्री, कास्की जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख प्रकाश बराल लगाएतले बेलेका थिए ।

प्रतियोगितामा ७१ विद्यालयका करिव २ हजार विद्यार्थीको विभिन्न खेलमा सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button