पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

पोखरा न्युज -३१, वैशाख ।

सडकमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ ।

अविरल वर्षासँगै खसेको पहिरोले आज बिहान २ बजेदेखि सडक अवरुद्ध बनेको छ । सडक अवरुद्ध भएपछि सिद्धार्थ राजमार्ग हुँदै जाने सवारी साधन बीच बाटोमै रोकिँदा यात्रु अलपत्र बनेका छन् ।

आइतबार रातिदेखि परेको अविरल वर्षासँगै तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रविन आचार्यले जानकारी दिए ।

पहिरोसँगै ठूला ठूला चट्टान सडकको बीचभागमा खसेका कारण सडक अवरुद्ध बनेको उनले बताए । बिहानैदेखि सडक खुलाउने प्रयास गरिए पनि अहिलेसम्म सडक सञ्चालन हुन सकेको छैन ।

(फाईल फोटो)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button