गीत संगितमा इमान्दारिताका साथ लाग्नुपर्छ अवस्य पनि बाँच्न सकिन्छ – सिडी बिजय

पोखरा न्युज ।

गायक – सिडीबिजय अधिकारी

विभिन्न रियालिटी शो मार्फत नेपाली गीत संगीतका पारखीहरुको मन जितिसकेका गायक सिडीबिजय अधिकारीले पछिल्लो पटक  रेडियो नेपालले  आयोजना गरेको राष्ट्रिय आधुनिक गीत प्रतियोगीतामा प्रथम स्थान हासिल गर्दै आफुलाई नेपाली सुगम संगीतको फाँटको दरिलो खम्बाको रुपमा उभ्याउन सफल भएका छन् । नेपाली गीत संगीतमै स्थापित हुन संघर्षरत आसा लाग्दो र जोशिलो उनै गायकसँग पोखरा न्यूज डटकमका लागी अनुज कुलुङले  गरेको कुराकानीको केहि अंश यहाँ प्रस्तुत गरेका छौ ।

सर्वप्रथम त बधाई छ तपाईलाई, रेडियो नेपाल जस्तो गरिमामय संस्थाद्वारा आयोजीत आधुनिक गीत प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुभयो । कस्तो रह्यो अनुभव  ?

-अत्यन्तै खुसी र गौरव लागिरहेको छ । रेडियो नेपाल जस्तो गरिमामय संस्थाबाट उत्कृष्ट भएर प्रमाणपत्र पाउनु भनेको मेरो लागी खुसीको कुरा हो । रेडियो नेपालले आयोजना गर्ने प्रतियोगीतामा प्रथम हुनु हरेक गायक गायिकाको सपना हुन्छ ।  मेरो त्यो सपना पुरा भएको छ । त्यस अर्थमा खुसी छु ।

धेरै प्रतियोगिताहरुमा प्रतिष्पर्धा गरिरहनुभयो । यस अघि  उपाधि हात पार्न नसक्नुको कारण के होला जस्तो लाग्छ ?

-हो, धेरै प्रतियोगीताहरुमा प्रतिस्पर्धीको रुपमा भाग लिएँ मैले, तर रेडियो नेपाल जस्तो सरकारी तवरबाट प्रमाण पत्र पाउदा छुट्टै आनन्दको अनुभूति भएको छ  । धेरै प्रतियोगीतामा भिड्दा पनि भोटको कारण पनि केहि ठाउमा उपाधि नजिक पुगेर सफलता पाउन सकेको थिइन जस्तो लाग्छ । तर  भोटको सिस्टम नहुने प्रतियोगीताहरु पिएन क्याम्पसको पिएनसी आईडल  र रेडियो नेपालको  जस्तो कठिन मानिएको  प्रतिस्पर्धीमा मैले उपाधि हासिल गरे म यसमै गर्ब गर्छु ।

बजारमा सिडी विजय अधिकारीले भोटीङ सिस्टममा पैसा पेल्न नसकेर हार्याे भन्ने त धेरै सुनियो । एउटा प्रतियोगिताले त सिडीको घडेरी नै गयो भन्ने नि सुनियो । के यो सत्य हो ?

– भोट पेल्न नसकेर मैले उपाधि जित्न नसकेको भन्ने कुरालाई म नकारदिन । ठुला मानिएका केहि  प्रतियोगीताहरुमा भोटको कारणनै म हारेको उदाहरण पनि छन्  ।  घडेरी नै गयो भनेको पनि सत्य कुरा हो । मेरो परिवारले भोट गरेर नै जित्ने हो भने त भोट गरौं भनेर मेरो सपना पुरा गर्नलाई भोट गर्दा भेउ नपाएर धेरै ऋण लागि सकेछ । पछि घडेरी बेचेर तिरेको हो ।

 उसो भए नेपालको गायन प्रतियोगिता फेयर हुदैन हो  ?

– एकाद अपबाद बाहेक नेपालको गायन प्रतियोगीता फेयर हुन्छनै भान्नुपर्छ। जनताको  भोटिङ्ग सिस्टमलाई पनि नराम्रो भन्न मिल्दैन  । निर्णायकहरुको निष्पक्ष  निर्णयमा पनि दोष लगाउने प्रचलन रहेको हुदा जनताको भोटिङ्ग बाटै निर्णय गरिने प्रतियोगीताहरुलाई फेयर नै मान्छु पर्दछ ।

रेडियो नेपालको प्रतियोगितामा सहभागी हुने सोच चाहि कसरी आयो ?

– मेरो व्यस्तताको कारणले म यो प्रतियोगीताको बारेमा बुझ्न  सकेको थिइन । तर भाग्यले स्टुडियोमा राजकुमार बगर दाईसंगभेट भयो र उहाँलेनै  मैले एउटा गीत कम्पोज गरेको छु , प्रयास गर्नुहोस भनेर प्रेरणा दिनुभयो । तपाईले हारे पनि धेरै मान्छेको नजरमा पर्नेुहुने क्षमता छ भन्ने प्रेरणदायि कुराले गर्दा म प्रदेश नं. ३ बाट भिडेको थिएँ । प्रदेश बाट र नेपाल भरि बाटै प्रथम भएँ र गीतकार पद्यमा लिंखा मगर दिदी पनि प्रथम हुन सफलहुनु भयो ।

 राष्ट्रिय आधुनिक गीत प्रतियोगीतामा गीतकार पनि उत्कृष्ट ठहरिएको  गीत कस्तो गीत हो ?

– म राजकुमार दाईलाई म अति नै मान्छु । व्यावसायिक रुपमा आजभोलि चलेको गित भन्दा पृथक आधुनिक धारको गजलमा लागु हुने थ्रिफो विटमा कम्पोज गर्नु भयो र शब्द पनि त्यति नै राम्रो थियो र मैले पनि मेरो तर्फबाट सक्दो न्यायदिने कोशिस गरेको थिएँ । र अन्त्यमा सफल भयौं ।

संगीतको लागिनिकै कठोर संघर्ष गरेर अहिले यो स्थानसम्म आइपुग्दा के लाग्यो साँच्चै गीत संगीतमा लागेर बाँच्ने अवस्था रहेछ त ?

– संगितमा मैले धेरै संघर्ष गरें । पोखरा देखिनै यहि संगीतमा रुचि थियो यति सम्मकि संगितकै लागि पढाई पनि छोडें । जतिखेर पनि मेरो दिमागले, मन मष्तिस्कले संगित नै खोज्थ्यो । विभिन्न लोकदोहोरि साँझहरुमा, विदेशमा पनि संघर्ष गरेर दिनहरु बिताएँ ।  एउटा राम्रोकला, संगीत सिकेको मान्छे, धैर्य गरेर गुणस्तरीय गीत संगित दिन सक्ने मान्छेलाई अहिलेको परिस्थितिमा पनि संगितबाट बाँच्नगाह्रो छैन भन्न सक्छु । तर, गीत संगितमा ईमान्दारिताका साथ लाग्नु पर्छ अवस्य पनि बाँच्न सकिन्छ ।

आजभोली कता  व्यस्त हुनुहुन्छ ? अबका  योजनाहरु के के छन् तपाईको ?

– भगवानको कृपा , सरस्वति माताको वरदान र मलाई मायागर्ने शुभचिन्तकहरुको साथ,प्रेरणा, सहयोगले गर्दा अहिले सम्म रेकर्डिङ्गमा व्यस्तनै छु । मैले निर्माता, संगितकार,गीतकारहरुले चाहेजस्तो अनुरुप गाउने कोसिस गरिरहेको छु । इमान्दारिताका साथ गुणस्तरीय गीतहरु गाउने कोसिसमै लागिरहेको छु । र अबको योजनाहरुमा संगित क्षेत्रमा जे जस्तो सक्छु राम्रो र वजनदार गीत संगित निकाल्ने छु । र निकट भविष्यमा रेकर्डिङ्ग स्टुडियो खोल्ने योजना छ यसलाई सबैको साथ, सहयोग र आशिर्वादले म पुरा गरेरै छोड्छु । म जे गर्छु नेपालीगीत संगित क्षेत्रमै राम्रो गर्ने योजना छ ।

अन्त्यमा पोखरा न्यूज डटकम मार्फत तपाईको श्रोतालाई केहि भन्नुहुन्छ कि?

– पोखरा न्यूज डटकम प्रति यो अन्तवार्ताको लागि धेरै आभारि छु । म नेपाली गीतसंगितको एक व्यक्ति भएको नाताले नेपाली गीतसंगितलाई धेरै माया गर्नुहोला । हाम्रो नेपाली संगितलाई नितान्त हामीले नै मायागर्नु पर्छ । नेपाली स्रष्टाहरुलाई माया गरिदिनुहोला । मलाई चिन्ने नचिन्ने सम्पूर्णले फेसबुक, यूट्युवतिर मेरो गीत संगितहरु हेरिदिनुहोला भन्न चाहान्छु ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button