पोखरा-१७ फुस्रेखोलामा विषादी हालेर माछा मार्ने २ पक्राउ

पोखरा न्यूज– ०४, जेठ ।

पोखरा लेखनाथ महानगरपालिका –१७ फुस्रेखोलामा विषादी हालेर माछा मार्ने दुई पक्राउ परेका छन् ।

फुस्रेखोलामा विषादी मिसाई माछा मारिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका (१७ फुस्रेखोलामा बस्ने ५२ वर्षीय शेरबहादुर तामाङ र ४८ वर्षीय रामजी तामाङ रहेको प्रहरी उपरिक्षक बीरेन्द्रकुमार बस्यालले जानकारी दिए । प्रहरीले पक्राउ परेका उनिहरुबाट एउटा जाल र एक डिब्बा विषादी बरामद गरेको छ ।

प्रहरीका अनुसार विषादी हालेर माछा मार्ने अर्का एक जना फरार रहेका छन् । फरार हुनेमा स्थानीय गणेश ठकुरी रहेको प्रहरीले जनाएको छ । फरार रहेका ठकुरीको खोजि कार्य जारी रहेको प्रहरीले उल्लेख गरेको छ ।

प्रतीकात्मक तस्बिर

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button