स्याङ्जामा जिप दुर्घटनामा हुँदा ७ घाइते, गम्भिर घाइतेलाई पोखरा रिफर

पोखरा न्यूज- ०९, जेठ ।

स्याङ्जामा जिप दुर्घटनामा हुँदा ७ जना घाइते भएका छन् ।

स्याङ्जाको प्रगतिनगर बाट ओरष्टे तर्फ जाँदै गरेको ग १ ज ६३९९ नम्बरको जिप  पुतलिबजार नगरपालिका -२ ज्याङ्दी स्थित  कच्चि सडक खण्डमा दुर्घटना हुँदा ७ जना घाइते भएको प्रहरीले जनाएको छ । जिप अनियन्त्रित भई सडक देखि अंन्दाजी ५५ मिटर तल सुन्दरखोलामा खस्दा  जिपका चालक सहित ७ जना घाईते भएको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए ।

दुर्घटनामा गम्भिर घाइते भएका चालकलाई पोखरा रिफर गरिएको र  अन्य घाइतेहरुको  जिल्ला अस्पताल स्याङ्जामा उपचार भइरहेको  प्रहरीले जनाएको छ  ।

दुर्घटनामा परी घाइते हुनेहरुको नामावली यस प्रकार छ  :-

१ ) स्यांङ्जा बिरुवा गाउँपालिका ४ ओरष्टे बस्ने वर्ष २५ को भिम बहादुर थापा
२) वर्ष ७०/७२ का  शुक्र बहादुर राना
३) वर्ष १७ की सनि थापा
४) वर्ष २४ को बिष्णु थापा
५) वर्ष १८ की अप्सरा राना
६) वर्ष ३६ को खेम बहादुर राना – चालक ( गम्भीर घाइते) पोखरा रिफर
७) वर्ष १७ की सपना थापा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button