गोरखामा नाक मुख थुनेर नगद तथा फोन लुटने २ जना पक्राउ

पोखरा न्यूज- ०९ जेठ । 

गोरखामा नाक मुख थुनेर व्यक्तिको साथबाट नगद तथा फोन लुटने २ जना पक्राउ परेका छन् ।

मंगलबार राति ११ बजेको समयमा गोरखा पालुङटार नगरपालिका ६ पैवाटार स्थित बनपाले जंगलमा स्थानीय  २८ बर्षीय कृष्ण बहादुर नेपालीलाई नाक मुख थुनेर घाटी बटारी लुटपाट गर्ने २ जनालाई  पक्राउ गरेको प्रहरीले जनाएको  छ ।  पक्राउ पर्नेमा पैवाटारका  १६ बर्षीय प्रदिप कुमाल र २७ बर्षीय  शिब नेपाली रहेको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए ।

उनिहरु ८ गते राति  बनपाले जंगलमा  कृष्णको मुख थुनि घाटी बटारी  मोबाइल तथा रु ५० हजार लुटि फरार रहेका थिए । लुटपाटमा  ३ जना संग्लग्न रहेको र अर्का एक व्यक्ति फरार रहेको प्रहरीले उल्लेख गरेको छ ।

फरार रहेका २६ वर्षिय सरोज तिवारीको  खोजिकार्य जारि रहेको प्रहरीले बताएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button