नेपाली भाषा र संस्कृतिको संरक्षण गर्नुपर्छ : उपराष्ट्रपति

पोखरा न्यूज – ०९, जेठ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली भाषा र संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका छन् ।

युगकवि सिद्धिचरण श्रेष्ठको १०७औँ जन्मजयन्तीको अवसरमा सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानले आज यहाँ आयोजना गरेको पुरस्कार वितरण तथा ‘आत्म बिलौना’ खण्डकाव्य विमोचन समारोहलाई सम्बोधन गर्दै उनले नेपाली भाषा र संस्कृतिलाई बाहिरबाट अतिक्रमण भइरहेकाले संरक्षण गर्न आवश्यक रहेको बताए ।

उनले नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न नसक्ने हो भने मुलुक नै नरहने स्पष्ट पारे । “नेपाली भाषा र संस्कृतिलाई अन्य भाषा र संस्कृतिले हस्तक्षेप गरिरहेको छन्”–उपराष्ट्रपतिले भने, “समयमा नै ती हस्तक्षेपबाट बचाउनु पर्दछ ।” उनले नेपाली भाषा र संस्कृतिलाई बचाउन साहित्य क्षेत्रमा क्रियाशील स्रष्टा एकताबद्ध भएर लाग्नुपर्ने विचार व्यक्त गरे ।

सोही अवसरमा उपराष्ट्रपति पुनले कवि तुलसी दिवसलाई यसवर्षको ‘युगकवि सिद्धिचरण श्रेष्ठ पुरस्कार’ र पत्रकार गणेश राईलाई ‘युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार’ प्रदान गरेका थिए । दिवसलाई रु एक लाख र राईलाई रु २५ हजार राशिको पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष रविचरण श्रेष्ठले नेपाली भाषाको साहित्यबाट संरक्षण गर्न भूमिका खेलेकालाई जन्मजयन्तीका अवसरमा पुरस्कार प्रदान गरिएको बताए।

सो अवसरमा युगकवि सिद्धिचरण श्रेष्ठले लेख्नु भएको ‘आत्म बिलौना’ खण्डकाव्यको उपराष्ट्रपति पुनले विमोचन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button