सामुदायिक विद्यालयमा कानून संकायको पढाइ

पोखरा न्यूज -१३, जेठ ।

पर्वतको एक सामुदायिक विद्यालयले प्रदेश नं ४ मै पहिलो पटक कानून सङ्कायमा पढाइ शुरु गर्ने भएको छ ।

फलेवास नगरपालिका – ७ स्थित लिमिठाना माविमा कानुन संकायका कक्ष सञ्चालन गरिएको हो । यसै शैक्षिक सत्रदेखि कक्षा ११ मा कानून विषयमा कक्षा सञ्चालन गर्न लागिएको विद्यालयले जनाएको छ । कानून विषयमा पढ्नका लागि विद्यार्थी पोखरा, काठमाडौँ लगायत शहरमा जानुपर्ने बाध्यतालाई ध्यानमा राखी कानुन विषयका कक्षा सञ्चालन गर्न लागिएको विद्यालयका प्रद्यानाध्यापक यामप्रसाद शर्माले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button