तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा ३ घाइते

पोखरा न्युज- १५, जेठ । 

तनहुँमा मोटरसाइकल दुर्घटनामा परि  ३ जना घाइते भएका छन् ।

मंगलबार बिहान करिब ११  बजेको समयमा दुलेगौंडाबाट मान्द्रेतर्फ जाँदै गरेको ग १३ प ६२२५ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको ना ५४ प ६८३३ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा दुवै चालक सहित पछाडी सवार १ जना  घाइते भएको प्रहरीले जनाएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका ९ भण्डारीकुना स्थित  कच्ची सडक खण्डमा भएको दुर्घटनामा घाइते भएका  ना ५४ प ६८३३ नम्बरको  मोटरसाइकल चालक तनहुँको  प्यूरी दोभान बस्ने २१ बर्षीय राजेश गुरुङलाई उपचारका लागी गण्डकी मेडिकल कलेज पोखरा रिफर गरीएको प्रहरी उपरीक्षक  बिरेन्द्र कुमार बस्यालले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button