महिलाको नेतृत्वमा सामुदायिक भवन

पोखरा न्यूज -१६, जेठ ।
बेनी नगरपालिका–६ छापको भगवती टोलका महिलाले सामुदायिक भवन निर्माण गरेका छन् ।

भगवती टोलमा रहेको डाँडाबारी आमा समूहले निर्माण गरेको सभाहलसहितको सामुदायिक भवनको मंगलबार ११ औँ गणतन्त्र दिवसको अवसरमा उद्घाटन गरिएको छ । वडाध्यक्ष कृष्णबहादुर बानियाँ र सहयोगदाता नारायण महतले भवनको उद्घाटन गरेका हुन् ।

तत्कालीन सांसद विकास कोषको रु एकलाख र बेनी नगरपालिकाको रु दुई लाख अनुदानसहित रु सात लाखको लागतमा भवन निर्माण भएको समूहका अध्यक्ष कमलदेवी खत्रीले बताए । भवन निर्माणका लागि महतले रु ८० हजार सहयोगको घोषणा गरेका छन् ।

जम्मा ३० घरधुरीले एक महिनाका दरले श्रमदान गरेका थिए । स्थानीय चन्द्रबहादुर खत्रीले छआना जग्गा निःशुल्क उपलब्ध गराएका थिए । सत्तरी जना क्षमताको भवन निर्माण भएपछि भेला, तालीम, गोष्ठी, बैठक, सभा, समारोहलगायतका कार्यक्रम सञ्चालन गर्न सहज भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button