संघको अध्यक्षमा कार्की निर्वाचित

पोखरा न्युज -१७, जेठ ।

राष्ट्रिय संगीतकर्मी संघले राजेन्द्रकुमार कार्कीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

संघको हालै सम्पन्न चौंथो महाधिवेशनले उपाध्यक्षमा नमराज ढुंगाना, प्रकाश कट्ुवाल, अमृत खाती, श्यामसुन्दर धिताल, उमा श्रेष्ठ र रमेश दुलाललाई निर्वाचित गरेको हो ।

संघद्वारा आज आयोजित कार्यक्रममा यही जेठ १३ गते सम्पन्न महाधिवेशनले निर्वाचित गरेको नयाँ कार्यसमितिकाबारे जानकारी गराइएको हो ।

महासचिवमा विजक्रमजंग शाह, उपमहासचिवमा गोविन्द दुलाल, प्रवक्ता होमराज सुवेदी, सचिव शर्मिला श्रेष्ठ र जीवन परियार छन् । त्यस्तै सहसचिवमा श्रीकृष्ण दाहाल, कोषाध्यक्षमा मिलन श्रेष्ठ, सहकोषाध्यक्ष सूर्य श्रेष्ठ निर्वाचित भएका छन् ।

सदस्यमा सिर्जु अधिकारी, रिना थापा, एलिना रायमाझी र आशा लामा छन् । त्यसैगरी सातै प्रदेशमा स्थानीय कलाकारको खोजी गर्ने उद्देश्यले संयोजक तोकिएको छ ।

प्रदेश नं १ शिवप्रसाद घिमिरे, २ मा निर कँडेल, ३ मा दीपक रिमाल, ४ मा विनोद ढकाल, ५ थानेश्वर अधिकारी, कर्णाली प्रदेशमा पदमबहादुर रोकाय र प्रदेश नं ७ मा अर्जुन सोनामलाई जिम्मेवारी दिइएको छ ।

संघका नवनिर्वाचित अध्यक्ष कार्कीले पछिल्लो समय विकास भएका प्रविधिका कारण कलाकारको सिर्जना चोरी हुने क्रम बढ्दै गएकाले उनीहरुलाई सामाजिक न्याय उपलब्ध गराउन सरोकार पक्षसँग समन्वय र सहकार्य गर्ने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button