म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

पोखरा न्युज – १७ जेठ ।

म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

म्याग्दीको मालिका गाँउपालिका – ५ फेदी ताकमबाट दरबाङ आउदै गरेको ध१त-३४६ नम्बरको ट्याक्टर दुर्घटनामा परि ट्याक्टर चालक सुनिल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीय कच्ची सडकमा ट्याक्टर अनियन्त्रित भइ सडकदेखी करिब २६ मिटर तल खस्दा चालक चौधरी घाइते भएका थिए ।  घाइते चौधरीलाई प्राथमिक  स्वाथ्य केन्द्र दरबाङमा सामान्य उपचार पस्चात थप उपचारको लागि जिल्ला अस्पताल म्याग्दी लगिएको थियो।

चौधरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button