नवलपरासीमा सवारी दुर्घटना हुँदा २ जना घाइते

पोखरा न्युज -१७, जेठ ।

नवलपरासीमा कार र मोटरसाइकल एक आपसमा ठक्कर खादा २ जना घाइते भएका छन् ।

नवलपरासी देवचुली नगरपालिका-१ केउरेनिमा नवलपरासी डाँडाबाट काठमाण्डौतर्फ जाँदै गरेको लु१७प ७०६० नम्बरको मोटरसाइकल र नारयणघाटबाट नवलपरासी दलदलेतर्फ आउदै गरेको बा१७च ९७७ नम्बरको कार एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएको प्रहरीले बताएको छ ।

घाइते हुनेमा नवलपरासी पुर्व कावासोतिका मोटरसाइकल चालक २५ बर्षीय रमेश श्रेष्ठ र पछाडी सवार ३६ बर्षीय किसन श्रेष्ठ रहेको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए ।

घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button