अन्नपूर्ण म्याराथनमा रिमाल प्रथम

पोखरा न्यूज -२०, जेठ ।
अन्नपूर्ण म्याराथनमा नेपाली सेनाका हरिकुमार रिमाल प्रथम भएका छन्।

म्याराथनमा नेपाली सेनाकै पूर्ण तामाङ र होमलाल श्रेष्ठ क्रमशः द्वितीय र तृतीय स्थान हासिल गरे ।

विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत आज अन्नपूर्ण आधार शिविरदेखि घान्दु्रकसम्मको कूल ४२.१९५ किलोमिटरको दुरी रिमालले चार घण्टा १६ मिनेट ४८ सेकेन्डमा पूरा गरे । उनले रु एक लाख पुरस्कार पाए ।

यस्तै तामाङले चार घण्टा १७ मिनेट ४२ सेकेन्ड तथा श्रेष्ठले चार घण्टा २० मिनेट ३८ सेकेन्डमा उक्त दुरी पार गरे । तमाङले रु ७० हजार तथा श्रेष्ठले रु ५० हजार पुरस्कार पाए ।

त्यस्तै म्याराथनमा १० जनाभित्र रुपबहादुर बुढा, भूमिराज राई, अनिलकुमार वाइवा, दुर्गाराज बुढामगर, रुपलाल बुढामगर, शेरबहादुर थारु र दामोदर बुढामगर सफल भयका छन् । म्याराथनका कान्छा धावक घान्द्रुकका १६ वर्षीय अनिल गुरुङले ११औं स्थान हासिल गरे ।

अन्नपूर्ण आधार शिविरबाट शुरु भएको म्याराथन दौड माछापुच्छ्रेआधारशिविर हुँदै देउराली, हिमालय, दोभान, बाम्बो, सिनुवा, छोम्रोङ, घुर्जुङ, टाढापानी, भौंसी खर्क हुँदै घान्द्रुकमा आई सम्पन्न भएको थियो । म्याराथनका विजेतालाई महोत्सवको तेस्रो चरणको कार्यक्रम समापन समारोहका क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button