बजेट लोकप्रियताका लागि नभई उत्पादनमुखी : मुख्यमन्त्री गुरुङ

पोखरा न्यूज -२१, जेठ  ।
प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारको आगामी बजेट लोकप्रियताका लागि नभई उत्पादनमुखी हुने बताएका छन् ।

प्रदेश नं ४ भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज पोखरामा आयोजित नविकरणीय ऊर्जासम्बन्धी अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले प्रदेश सरकारले उत्पादन र उत्पादकत्व वृद्धिका साथै दिगो विकासमा आधारित योजनालाई लक्ष्य गरी बजेट ल्याउन लागेको बताए ।

पर्यटन, ऊर्जा, कृषिको आधुनिकीकरणजस्ता कार्यक्रमलाई प्राथमिकताका आधारमा प्रदेश सरकारले अघि बढाउने उनले बताए । ऊर्जाको विकासलाई सरकारले महत्वका साथ अघि बढाउने धारणा राख्दै उनले यहाँका उद्योगलाई २४ घण्टा विद्युत् उपलब्ध गराउने लक्ष्य रहेको बताए ।

प्रदेश सरकारले यहाँको आवश्यकता अनुरुप विकास निर्माणका साथै ऊर्जा विकासमा लगानीको प्रत्याभूति गर्नेमा उनले जोड दिए ।

भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले प्रदेश नं ४ लाई दुई वर्षभित्रमा उज्यालो प्रदेश बनाउने सरकारको तयारी रहेको बताउँदै ऊर्जा उत्पादन गरी अरुलाई बिक्री गर्न सक्ने क्षमता बढाउने गरी योजना निर्माण गर्ने उल्लेख गरे ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका वरिष्ठ ऊर्जा अधिकृत प्रकाश अर्यालले नगरको फोहरलाई ऊर्जाको रुपमा परिणत गर्न सकिने र यसले आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण प्रभाव राख्ने बताए ।

नेपाल बायोग्यास प्रवद्र्धन संघ प्रदेश नं ४ का अध्यक्ष सोमनाथ बाँस्तोलाले वातावरणीय प्रदूषणलाई कम गर्दै फोहरबाट मोहोरमा परिणत गर्न सकिने हुँदा बायोग्यासको विकास आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले प्रदेशका विभिन्न ठाउँमा बायोग्यास प्लान्टको विकासलाई अघि बढाउन सकिने र त्यसका लागि बायोग्यास प्रवद्र्धन संघ सरोकारवाला निकायसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, सरोकारवाला निकायका प्रतिनिधि, ऊर्जा व्यवसायी, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button