पोखरामा लाइसेन्स बनाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

पोखरा न्युज -२१, जेठ ।

पोखरामा लाइसेन्स (सवारी चालक अनुमति पत्र) बनाइदिन्छु भन्दै पैसा असुलेर ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

लाइसेन्स बनाइ दिन्छु भन्दै पैसा असुल्ने गरेको  गोप्य सुचनाको आधारमा चितवन पार्वतिपुर उप-महानगरपालिका – ३ कन्चनबस्ति घर भई  पोखरा लेखनाथ महानगरपालिका -५ प्रस्याङ बस्दै आएका  ३१ बर्षिय राजु पौडेललाई  पक्राउ परेको कास्की प्रहरीले जनाएको छ । पौडेलले करिब ६ महिना देखी १ दर्जन भन्दा बढि व्यक्तिहरुबाट  लाइसेन्स बनाइदिन्छु भन्दै प्रति व्यक्ति १५ हजार देखी ६७ हजार सम्म लिने गरेको  प्रहरीले जनाएको छ ।

पौडेलले नगदका साथै उनि हरुको नागरीकता समेत राख्ने गरेको प्रहरीले उल्लेख  गरेको छ ।  अनुसन्धानकै क्रममा  पौडेलले लाइसेन्स बनाइदिन्छु  भनि पैसा असुलेर ठगी गरेको  स्विकार गरेको प्रहरीले जानकारी दिएको छ ।

पौडेललाई आइतबार  कास्की जिल्ला अदालतबाट ठगी मुद्धामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button