पोखरामा ल्यापट तथा नगद चोरी गर्ने ब्यक्ति डेढ घण्टामा पक्राउ

पोखरा न्युज- २१, जेठ । 

पोखरामा ल्यापट तथा नगद चोरी गर्ने ब्यक्ति चोरी भएको डेढ घण्टामा पक्राउ परेका छन् ।

सोमबार पोखरा लेखनाथ महानगरपालिका – ४ गैह्रापाटनको  पोखरा उद्योग वाणिष्य संघ अन्तरगतको  बालश्रम न्यूनिकरण कार्यक्रम कार्यालयवाट चोरी गरेर फरार भएका व्यक्तिलाई चोरी भएको  डेढ घण्टामा पक्राउ गरेको कास्की प्रहरीले जानकारी दिएको छ  ।

ल्यापट तथा नगद चोरी भएको उजुरी  प्राप्त हुनासाथ  सुक्ष्म रुपमा अनुसन्धान गरी चोरीमा संलग्न  अन्नपुर्ण गाउपालिका – २ घर भई हाल पोखरा लेखनाथ महानगरपालिका- २ वाग्लुङ बसपार्क बस्ने  १८ बर्षीय  अनिश श्रेष्ठ पक्राउ परेको प्रहरीले उल्लेख गरेको छ ।

निवेदन प्राप्त भएको करिब १:३० घण्टामा  श्रेष्ठलाई ४ वटा  ल्यापटप, ३ वटा मोवाइल, ३ वटा  ल्यापट चार्जर र ३ वटा ल्यापट
माउस सहित उसकै  कोठाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button