पोखरा सुन्दर वन वाटिकामा वृक्षारोपण

पोखरा न्यूज -२२, जेठ ।
४६ औं विश्व वातावरण दिवको अवसर पारी बाटुलेचौरमा रहेको ढाँडापाखा सुन्दर वन वाटिकामा वृक्षारोपण गरिएको छ ।

गुफा क्षेत्र संरक्षण एवं सामुदायिक विकास संस्थाको आयोजना तथा महेन्द्र गुफा चमेरे गुफा पर्यटकिय विकास समितिको सहकार्यमा भएको कार्यक्रममा पाउलोनिया कपुर चाप लगाएत विभिन्न प्रजातिका एक सय साठी वटा विरुवा रोपिएको संस्थाका अध्यक्ष केशव बस्नेतले जानकारी दिए । कार्यक्रमको शुभारम्भ पोखरा लेखनाथ महानगर पालिका वडा नै १६ का वडा अध्यक्ष जीवन आचार्य र विन्ध्यवासिनी मा.वि. व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले विरुवा रोपेर गरेका थिए । कार्यक्रममा सहभागीहरुले वातावरणको संरक्षणले मात्रै वायुमण्डलमा बढ्दो प्रद्षणलाई न्युनिकरण गर्नेमा जोड दिएका थिए । संस्थाका अध्यक्ष केशव बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पत्रकार शिशिर पोडेलले गरेका थिए ।

यै बिच विन्ध्यवासिनी मा.वि. मा अध्ययनरत छात्र छात्राले पनी सचेतना मुलक ¥याली प्रर्दशन गरे । कक्षा ९ मा अध्यन  गर्ने उनीहरुले फोहोर मैला जथाभावि नफालौं आफ्नो घर आँगन सफा राखौं लगायतका लेखिएको ब्यानर प्रर्दशन गरेकाा थिए । उनीहरुले महेन्द्र गुफा परिसरमा पुगी त्यहाँ सरसफाई समेत गरेको शिक्षक भेषराज पोडेलले जानकारी दिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button