मुस्ताङमा डोजर दुर्घटना हुँदा २ घाइते, घाइतेलाई हेलिकप्टरबाट पोखरा ल्याइयो

पोखरा न्युज – २२ जेठ ।

मुस्ताङमा डोजर दुर्घटना हुँदा दुईजना  घाइते भएका छन् ।

मंगलबार  मुस्ताङको थासाङ् गाउँपालिका  ३  वेनी-जोमसोम  सडकखण्डको लेते खोलामा डोजर दुर्घटना हुँदा डोजरका हेल्पर म्याग्दीको रघुगंगा २ राखु बस्ने  २६ बर्षीय सतिस भण्डारी र २४ बर्षीय सहचालक  प्रदिप भण्डारी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये सहचालक  प्रदिप भण्डारीको  प्राथमिक उपचार केन्द्र लेते मुस्ताङमा उपचार भइरहेको र  डोजरका हेल्पर सतिस भण्डारीलाई श्री एयरको हेलिकप्टरबाट गण्डकी मेडिकल कलेज पोखरा ल्याइएको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए ।

मंगलबार लेते खोलामा गजुरमुखि कन्ट्रक्सनको डोजर रोकेर  मर्मत गर्ने क्रममा अचानक जमिन भासिदा दुर्घटना भएको प्रहरीले उल्लेख गरेको छ । जमिन भासिदा डोजर करिब  २ सय  मिटर तल कालिगण्डकी नदीमा खसेको थियो  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button