७७ जिल्लामा कास्की जिल्ला खेलकुद बिकास समिती दोश्रो

पोखरा न्यूज- २६ जेठ ।

राष्ट्रिय खेलकुद परिषदले काठमाडौमा आयोजना गरेको आफ्ना मातहातका क्षेत्रिय तथा जिल्ला खेलकुद बिकास समितीको भेलाको अबसरमा जिल्ला संघहरुलाई पुरस्कृत गरिएको छ । पूर्वाधार निर्माण र खेलकुद गतिविधी संचालनको आधारमा कास्की जिल्लाले दोश्रो स्थान हासिल गरेको हो ।

पाँच बिकास क्षेत्रका खेलकुद बिकास समितीका अध्यक्ष र ७७ वटै जिल्ला खेलकुद बिकास समितीको भेलामा उत्कृष्ट भएको कास्की जिल्लालाई यूवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्माले ताम्रपत्र र नगद २ लाख प्रदान गरेका थिए । कास्की जिल्ला खेलकुद बिकास समितीको तर्फ बाट उक्त ताम्रपत्र र नगद अध्यक्ष याम बहादुर गुरुङले ग्रहण गरेका थिए । यसै गरि सो अवसरमा परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पा र सदस्य सचिब केशब कुमार विष्टले समेत मायाको चिनो र प्रमाणपत्र प्रदान गरे ।

कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले पुरुस्कार बाट प्राप्त २ लाख नगद खेलकुद गतिविधीमा नै खर्च गर्ने बताए । उनले कास्कीमा  पूर्वाधार बिकासमा धेरै कामहरु भएको बताए ।

यसै गरि झापाले प्रथम स्थान प्राप्त गर्दै नगद ३ लाख, कैलालीले तेश्रो स्थान प्राप्त गर्दै १ लाख र मकावनपुर तथा कपिलबस्तुले सान्त्वना स्थान प्राप्त गर्दै समान २५ हजार नगद पाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button