प्रदेश नं ४ मा लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री लम्साल

पोखरा न्युज -२६, जेठ ।
प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेश नं ४ मा लगानीमैत्री वातावरण निर्माण गरिने बताएका छन् ।

पर्वत उद्योग वाणिज्य संघको आज आयोजित भेलालाई सम्बोधन गर्दै मन्त्री लम्सालले विगतमा कहिले द्वन्द्व त कहिले राजनीतिक अस्थिरताका कारण लगानीका अवसर गुमाउनुपरेको बताउँदै अबको समय भनेको आर्थिक समृद्धिको भएकाले लगानीमैत्री वातावरण बनाउनका लागि प्रदेश सरकार सक्रिय भएर लाग्ने बताए ।

उनले प्रदेश सरकारले उचित किसिमको ऐन तथा नीति नियम निर्माण गर्ने बताउँदै त्यसपछि स्वदेशी उद्योगी, व्यवसायी तथा दातृ राष्ट्रहरु स्वतःस्फूर्तरुपमा लगानी गर्नका लागि आकर्षित हुने बताए ।

उनले प्रदेश नं ४ ऊर्जा, वन र पर्यटनका लागि सबैभन्दा बढी सम्भावना भएको क्षेत्र भएको बताउँदै ११ वटै जिल्लालाई लाभ पुग्ने गरी सरकारले कार्ययोजना अघि बढाएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button