सिङ्गापुर वार्तामा धेरै प्रगति भयो– राष्ट्रपति ट्रम्प

पोखरा न्युज -२९, जेठ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको विश्वले नै तीब्र रुपमा प्रतिक्षा गरेको शिखर वार्ता मङ्गलबार बिहान सिङ्गापुरमा सम्पन्न भएको छ ।

उनिहरु दुवै जनाबीच अनुवादक मात्र राखेर सिङ्गापुरको एक होटलमा एक्लाएक्लै गरिएको सो वार्ता निकै सकारात्मक रुपमा सम्पन्न भएको अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन् ।

वार्तापछि राष्ट्रपति ट्रम्पले भने– मलाई सोध्नुहुन्छ भने वार्तामा एकदम राम्रो प्रगति भएको छ, यस वार्ताले हामीलाई एकदम सफलता दिनेछ ।

मङ्गलबार बिहानको छोटो वार्तापछि सम्वाददातालाई प्रतिक्रिया दिँदै उनले वार्तामा निकै धेरै प्रगति भएको छ, यसले हामीलाई भोलिका लागि पनि सकारात्मक वातावरण निर्माण गरेको छ ।

वार्तामा प्रवेश गर्नुअघि पनि उनि पत्रकारहरूसँग आशावादी देखिएका थिए । त्यस समयमा संक्षिप्त कुरागर्दै राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसँग अहिलेसम्म नभएको सम्बन्धको विकास हुनेछ भनेका थिए ।

वार्ताका लागि एक स्थानीय होटलमा प्रवेश गर्नुअघि उनिहरुले होटल बाहिरै हात मिलाएका थिए ।

यसरी हात मिलाएपछि विश्वका सञ्चारमाध्यमहरुले अमेरिकाको बहालवाला राष्ट्रपति र उत्तर कोरियाली नेताबीच पहिलो पटक ऐतिहासिक भेट भएको भनेर प्रचार सुरु गरेका थिए ।

वार्तामा बस्नुअघि उत्तर कोरियाली नेताले भनेका थिए– यस वार्ताका लागि सिङ्गापुरसम्म आइपुग्न सजिलो थिएन, कैयौँ अप्ठ्याराहरू थिए तर हामी आयौँ ।

सिङ्गापुरको पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले एक अर्कासँग हात मिलाएर हासेका थिए ।

उनिहरुले हात मिलाउने स्थानमा अमेरिका र उत्तर कोरियाको झण्डा राखिएको थियो । राष्ट्रपति ट्रम्प अमेरिकाको झण्डा भएतिर जानुभयो र नेता किम उत्तर कोरियाको झण्डा भएको स्थानमा पुगे ।

आ–आफ्नो देशका राष्ट्रिय झण्डासामु उभिएर पहिला हात मिलाए, एक अर्काको पिठ्यूँमा धाप मारे र सञ्चारका लागि फोटो खिच्न केही सेकेन्ड उभएका थिए ।

त्यसपछि सोही स्थानमा उभिएका आ–आफ्ना अनुवादकहरूको सहयोगमा केही शब्द आदानप्रदान गरेर एक्लाएक्लै वार्ताका लागि होटलको अर्कै कक्षमा प्रवेश गरेका थिए ।

उनिहरु वार्ता कक्षमा प्रवेश गर्दासम्म नै टेलिभिजन र अखबारका क्यामेराले पछ्याइ नै रहेका थिए । फोटो लिनका लागि त्यहाँ सयौँ क्यामेरा पुगेका थिए ।

बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच हुने भनिएको यस वार्ताको यस महत्वपूर्ण घटनाका लागि विश्वका सञ्चारमाध्यमहरुले निकै पहिल्यै देखि नै समाचार सम्प्रेषण गरिरहेका थिए ।

अहिले पनि सिङ्गापुरमा विश्वका हजारौँ पत्रकार उपस्थित भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button