बयल गाडाको गतिमा देश अघि बढेकोले २० औं बर्ष आर्थिक क्रान्ति हुन समय लाग्छ : संयोजक भट्टराइ

पोखरा न्युज -०३, असार। 
नयाँ शक्ति पार्टीका संयोजक तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश बयल गाडाको गतिमा हिडेकोले यही अबस्थाबाट आर्थिक क्रान्ति हुन २० औं बर्ष लाग्ने बताएका छन्। प्रेस क्लब पोखराले आज (आईतबार) पोखरामा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै संयोजक डा. भट्टराईले आर्थिक क्रान्ति हुने गरी दु्रत गतिको विकासको मोडल ल्याउनु पर्नेमा वलयको गाडाको गति जस्तै विकासको मोडल आएको बताएका हुन्।

उनले यही अबस्थाबाट देश अघि बढे २० औं बर्षमा पनि देशमा आर्थिक क्रान्ति हुन नसक्ने दाबी गर्दै यस बर्षको निती तथा कार्यक्रम र बजेटले आर्थिक विकासमा ठुलो परिवर्तन हुन नसक्ने दाबी गरेका छन। उनले भने “हवाई जहाजको गति २ सय ९० देखि ३ सय किलोमिटर भएजस्तै हाम्रो विकासको गति त्यही रुपमा अर्थतन्त्रलाई दौडाउनु पर्थ्यो तर त्यस्तो गतिमा अर्थ तन्त्रलाई अघि बढाउने कुनै सम्भावन देखिएन, हामी त बयल गाडाको गतिमा हिडेका छौं भने हाम्रो विकास विश्वका मुलुक सरह पुग्न कति बर्ष लाग्दा आफै बिचार गर्नुहोस । ”

विश्वको अन्तराष्ट्रिय स्तरमा तुलना गर्दा प्रति व्यत्ति आय १० हजार डलर रहेको उल्लेख गर्दै संयोजक डा. भट्टराईले विश्वको तुलनामा नेपाल १० गुणा पछि रहेको जनाए । उनले भने “ हाम्रो देशमा प्रति व्यक्ति आय एक हजार डलर हुदा खुसि हुनु पर्दैन, अमेरीकाको ६०/७० हजार डलर र कुवेतमा एक लाख डलर छ, त्यी अबस्थामा पुग्ने गरी अब हामीले दु्रत गतिको विकासको मोडल ल्याउनु पर्छ । ” सरकारले बजेट, निती तथा कार्यक्रम ल्याउदा कृषिमा अल्झिरहेको जनशक्ति र अर्थतन्त्रलाई सेवा क्षेत्रमा रुपान्तरण गर्ने प्रकृतिको नभएको बताए । देश भित्र र बाहिरको पुंजी अर्बै डलर भित्रायर हामीले ठुला ठुला पुर्वाधारहरु निमार्ण गर्नु पर्नेमा जोड दिदै उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा आम जनताको सहज पहुच पु¥याउने गरी आमुल परिवर्तन हुनुपर्नेमा जोड दिए । उनले भने “अबैं लगानीबाट उद्योग धन्दा खोल्ने त्यसो गरेमा मात्र वल्ल अर्थतन्त्र रुपान्तरण गर्न सक्छौं, तर अहिले जुन सरकारको निती तथा कार्यक्रम र बजेट ल्याएको छ पुरै पुरानो ढंगकै छ ।”

दुई तिहाई बहुमत भएको सरकारले आमुल परिवर्तन हुने गरी बजेट ल्याउनु पर्नेमा त्यो नभएको उनको भनाई छ। उनले भने “यसबाट निजी क्षेत्र समेत उत्साहित भएको छैन, शिक्षामा राज्यले हस्तक्षेप गरी एकै प्रकारको शिक्षामा जोड दिनुपर्छ, निजी क्षेत्रलाई उच्च शिक्षामा जोड दिनु पछ। ”

बिद्यालयस्तरको शिक्षामा सुलभ र आम जनताको पहुच हुने गरी एकै प्रकारको शिक्षामा जोड दिनु पर्ने निती ल्याउनु पर्नेमा जोड दिदै संयोजक डा. भट्टराईले आफ्नो पालामा शैक्षिक सेवा शुल्क भनेर सुरु गरेको एक प्रतिशत कर समेत खारेजी गर्नु शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यको ध्यान नगएको दाबी गरे । उनले भने “ राज्यले शिक्षामा गर्नुपर्ने काम नगरी आफन्ते आफ्ना आसेपासे आफ्ना पार्टीका नेता तथा कार्यकर्ता र तीनलाई पोस्ने निती ल्याएको छ ।” पुंजी लगानी गरेर औधोगिक क्षेत्रमा पुंजी परिचालन गर्नु भन्दा राज्यले अनावश्यक लाभ कर बढाइएको उनको आरोप छ । उनले भने “पुंजिको उत्पादन शिल क्षेत्रमा लगानी गर्न नदिने यस्तो प्रकारको निती अहिलेको सरकारले निती ल्याएको छ, यस्तो सरकाबाट आर्थिक विकास र समृद्धि हुन्छ भन्ने हामीले कुनै आस गर्न सक्दैनौं । ” कुनै पनि प्रकारको आर्थिक क्रान्ति हुने लक्षण नदेखिएको उनले जनाए । राजनीतिक प्रस्तावनालाई छाड्दै नयाँ विचारका साथ अघि बढ्नु पर्ने उनको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button