पूर्वी नवलपरासीमा विद्युतीकरण विकास कार्यक्रम अन्तिम चरणमा

पोखरा न्यूज -०८, असार।

पूर्वी नवलपरासीको हुम्सेकोट गाउँपालिकामा उज्यालो हुम्सेकोट विद्युतीकरण विकास कार्यक्रम अन्तिम चरणमा पुगेको छ ।

गाउँपालिकाको चालू आर्थिक वर्ष ०७४÷०७५ मा विनियोजित करीब रु ८० लाखको लागतमा गाउँपालिकाअन्तर्गतका राष्ट्रिय प्रशारणको बिजुली नपुगेका स्थानमा विद्युतीकरण विस्तारका लागि सञ्चालन गरिएको आयोजना अन्तिम चरणमा पुगेको हो ।

जसअन्तर्गत रुम्सी, मोहनडाँडा, सत्कोण, गुरुङघाट, रिपाहारुपसीलगायतका बस्तीमा विद्युतीकरण विकास विद्युत्अन्तर्गत पोल पुर्याउने काम भइरहेको हुम्सेकोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत छत्रबहादुर अधिकारीले जानकारी दिए ।

अब छिट्टै नै ती सबै गाउँ तथा बस्तीमा विद्युतीकरण सम्पन्न भएपछि यसअगावै राष्ट्रिय बिजुली नपुगेका स्थानमा पनि बिजुली विस्तार हुनेछ । ती गाउँ तथा बस्तीमा गरी करीब २५० घरधुरीलाई लक्षित गरी उज्यालो हुम्सेकोट विद्युतीकरण विकास कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले जानकारी दिए ।

राष्ट्रिय प्रशारणको बिजुली नपुगेका कारण केही स्थानमा सामान्य लघु विद्युतीकरण र सोलार प्रयोग गर्दै आए पनि अधिकांश स्थानमा टुकीको भर पर्नुपर्ने अवस्था थियो ।

अब भने सो समस्या समाधान हुनेमा स्थानीयवासी आशावासी बनेका छन् । यसबाहेक पूर्वी नवलपरासीको बुलिङटार र बुङ्दीकाली गाउँपालिकामा ९० प्रतिशत स्थानमा राष्ट्रिय प्रशारणको बिजुली नपुगेका अवस्था छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button