रोजगारीका लागि अब युवाले विदेशिनु पर्दैन : मन्त्री तामाङ

पोखरा न्यूज-  ९, असार ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आम नेपाली युवालाई स्वदेशमै रोजगारको व्यवस्था गरिने बताएका छन् ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले आज नवलपुरको कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री तामाङले नेपालमा ठूला विकासका योजना ल्याउने र सोही योजनाअन्तर्गत युवालाई स्वदेशमै रोजगार प्रदान गर्न सरकार क्रियाशील रहेको उल्लेख गरे।

मन्त्री तामाङले अब युवालाई हरियो राहदानी थमाएर विदेश पठाउनेभन्दा पनि हरियो चेक दिएर स्वदेशमा नै रोजगारको प्रबन्ध मिलाइने बताए ।

मन्त्रि तामाङले सरकारले युवालाई स्वदेशमा नै केही गर्न सकून् भन्दै आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋर्ण पनि प्रदान गर्ने व्यवस्था मिलाएको हुँदा अब उनीहरुलाई स्वदेशमै आफ्नो क्षमता र योग्यताअनुसारको काम गर्न पाउने वताए ।

चुनावी घोषणापत्रमा जेष्ठ नागरिकलाई प्रदान गर्ने भनिएको रु पाँच हजारको वृद्धभत्तालाई यही सरकारको समयमा लागू गरिने उनको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button