सूचना अधिकारी र सञ्चारकर्मीबीच समन्वय हुनुपर्छ

पोखरा न्युज -१४, असार।
मुलुकमा सुशासन र पारदर्शिताका लागि सूचना अधिकारी र सञ्चारकर्मीबीच समन्वय हुनुपर्नेमा सहभागी वक्ताले जोड दिइएका छन्।

आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज आयोजित प्रादेशिक मन्त्रालयका सूचना अधिकारी एवं प्रवक्ता र सञ्चारकर्मीबीचको छालफल एवं अन्तक्र्रियामा उनिहरुले सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धि र पारदर्शिताका लागि भइरहेका सेवा प्रवाह जनतासमक्ष पुग्नुपर्ने बताए।

सो अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव फणीन्द्रमणि पोख्रेलले सामाजिक सरोकारका विभिन्न विषयलाई जनतामाझ पु¥याउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताए।

वन तथा वातावरण, जलवायु परिवर्तन, नदीजन्य वस्तुको दोहनलगायतका विषय अहिलेको प्रमुख समस्याका रुपमा देखिएको उल्लेख गर्दै उनले यी क्षेत्रलाई प्राथमिकतामा राखी समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ प्रदेश नं ४ का अध्यक्ष त्रिभुवन पौडेलले प्रदेशभित्रका समाचार सम्प्रेषण र पत्रकारका दक्षता अभिवृद्धिका लागि प्रदेश सरकार एवं प्रादेशिक मन्त्रालयको सहयोगी भूमिका हुनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सूचना अधिकारीहरु सम्बन्धित निकायका गतिविधि एवं सेवा प्रवाहको अवस्थामा जानकार हुनुपर्नेमा जोड दिँदै उनीहरुको व्यवहार सञ्चारकर्मी मैत्री हुनुपर्ने खाँचो औँल्याए।

कार्यक्रममा प्रदेशअन्तर्गत मन्त्रालयका सूचना अधिकारी एवं प्रवक्ता, प्रदेश सरकारका मुख्य महान्याधिवक्ता र प्रदेश प्रमुख कार्यालयका प्रवक्ता तथा सञ्चारकर्मीको सहभागिता थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button