बराल समुदायको कुलपुजा अब असार पुर्णिमामा

कुलपुजाले देशविदेश छरियर रहेका बरालहरुको भेटघाट

पोखरा न्यूज -१४, असार । 
पोखरा लेखनाथ महानगरपालिका २२ साविक पुम्दी भुम्दीका बराल समुदायहरुले बर्षेनी रुपमा मनाउर्दै आएको बार्षिक कुलपुजा यस बर्ष देखि असार पुर्णिमामा मनाउन सुरु गरिएको छ । यस अघि वैशाख पुर्णिमामा मनाउदै आएको बरालकुद देवताको पुजा यस बर्ष देखि असार पुर्णिमामा मनाउन सुरु गरिएको बराल कुलदेवता मन्दिर संरक्षण समिति पुम्दी भुम्दीका पुर्व अध्यक्ष श्याँमलाल बरालले बताए । धार्मिक सहिष्णुता कायम गर्न पनि आफुहरुले यस्तो निर्णय गरेको उनले बताए ।

यसैबिच, बिहिबार बराल कुलदेवता मन्दिर संरक्षण समिति पुम्दी भुम्दीको आयोजनामा मन्दिरमा बार्षिक कुलपुजा गरिएको समितिका अन्जित बरालले बताए । रवि बरालका सन्तानहरुले थाकथलो पुम्दी भुम्दी हुनेहरु हाल विभिन्न पेशा व्यवसायले देश तथा विदेशका विभिन्न भागमा पुगे पनि उक्त अवसरमा एक आपसमा दुःख सुख साटासाट गर्दै उक्त पुजाको अवसरमा भेटघाट गराएको उनले जनाए ।

समितिका अध्यक्ष राजेन्द्र प्रसाद बरालको अध्यक्षतामा हालै बसेको बैठकले बार्षिक कुलपुजा असारमा गर्ने उक्त निर्णय गरेको हो । कार्यक्रममा सहभागिहरुलाई समितिले प्रसाद समेत वितरण गरेको रमेश बरालले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button