पर्वतमा पत्नीपीडित पुरुषद्वारा प्रहरीमा उजुरी

पोखरा न्यूज -१५, असार ।
श्रीमानले अन्याय गरेको भन्दै श्रीमतीले उजुरी दिने गरेको कुरा त नौलो होइन तर, पर्वतमा भने पहिलोपटक पत्नी पीडित भएको भन्दै दुईवटा उजुरी परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतकी महिला तथा बालबालिका सेवा केन्द्र इञ्चार्ज रचना थापाका अनुसार महिला सेलमा दुई जना पुरुषले श्रीमतीबाट पीडित भएको भन्दै न्यायका लागि उजुरी दिएका छन् । न्यायका लागि उजुरी दिनेमा जलजला गाउँपालिका–२ धाइरिङका एक पुरुष र कुश्मा नगरपालिका–१ पाङका अर्का पुरुष छन् ।

उनीहरु दुवै जनाले श्रीमतीले छोराछोरी पालनपोषणमा ध्यान नदिएको र घरभन्दा बाहिर बढी समय दिने गरेको भन्दै न्यायका लागि उजुरी दिएका हुन् । उजुरीउपर जिल्ला प्रहरी कार्यालय पर्वतले पाँङका पीडित पुरुषका श्रीमान्श्रीमती दुवै जनालाई कार्यालयमा बोलाएर मिलापत्र गराएको छ भने जलजलाका पत्नी पीडित व्यक्तिको मुद्दा अझै कानूनी प्रक्रियामा छ ।

यस्तै सेवा केन्द्रमा आव २०७४/७५ मा जेठ महिनासम्म ५९ वटा घरेलु हिंसा सम्बद्ध उजुरी दर्ता भएका छन् । उक्त उजुरीमध्ये प्रहरी आफैँले ४१ वटा उजुरी मिलापत्र गराएको छ भने सातवटा उजुरीमा मिलापत्र गराउन नसकेपछि अदालतमा पठाएको छ ।

त्यसैगरी, आठवटा उजुरी कानूनी प्रक्रियामा छन् भने तीनवटा उजुरी दिएका व्यक्ति सम्पर्कमा नआएको महिला तथा बालबालिका सेवा केन्द्र इञ्चार्ज थापालेबताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button