पोखराको रोपाई महोत्सवमा विभिन्न खेल गतिविधि : हिले दौडमा जेनेस र मेट्रिना विजयी

पोखरा न्यूज – १५, असार ।

पोखराको फेवातालको सिरान भाग पामेमा शुक्रबार सम्पन्न भएको १५ औं संस्करणको असारे रोपाई महोत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिताहरु सम्पन्न भएका छन्  ।

प्रतियोगिता अन्तर्गत पर्यटक पुरुष तर्फको हिले दौडमा वेलायतका जेनेस प्रथम भएका छन। प्रतियोगितामा सुइजरल्याण्डका जेना दोश्रो र क्यानडाका कोलेन तेश्रो भए । त्यसै गरी पर्यटक महिला तर्फंको हिले दौडमा अष्ट्रेलियाकी मेट्रिना प्रथम, स्विडेनकी ईलेन दोश्रो र रसियाकी निकुनी तेश्रो भईन । पर्यटक महिला तर्फको रस्साकसिमा वर्क द वल्डको टिम प्रथम भएको छ ।

हल गोरु प्रतियोगितामा मिन बहादुर देवकोटा प्रथम भएका छन । त्यसै गरी तारापति अधिकारी दोश्रो र मिन बहादुर अधिकारी तेश्रो भए । त्यसै गरी महिला रस्साकसिमा आसा परियारको टोली प्रथम भएको छ । महिला तर्फको हिले दौडमा अस्मिता खनाल प्रथम, प्रतिभा केसी दोश्रो र अस्मिता परियार तेश्रो भईन। पुरुष हिले दौडमा विमल बहादुर खत्री प्रथम, प्रकाश पराजुली दोश्रो र कृष्ण प्रसाद भट्टराई तेश्रो भए ।

विभिन्न खेल प्रतियोगितामा स्वदेशी तथा विदेशी पर्यटकहरुको उत्साहजनक रुपमा सहभागिता रहेको ईभेन्ट म्यानेजमेन्ट कार्यक्रम संयोजक रविन्द्रराज पौडेलले बताए । उनका अनुसार महोत्सवमा करिब १० देशका पर्यटकहरु सहभागिता रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button