पर्यटन पत्रकार संघ प्रदेश नं ४ मा बाँस्तोला

पोखरा न्युज -१६, असार
नेपाल पर्यटन पत्रकार संघ प्रदेश नं ४ को प्रथम अधिवेशनले राससका हरि बाँस्तोलाका अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

तीनवर्षीय कार्यकाल रहेको सो कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा गोविन्द सुवेदी, महिला उपाध्यक्षमा जमुना वर्षा, महासचिवमा घनश्याम पाण्डे, सचिवमा विजय राना, समावेशी सचिवमा कमला राना र कोषाध्यक्षमा रोहित बस्नेत तथा सदस्यमा सन्तोष गौतम, राजन उपाध्याय, सुशील सुवेदी, रत्ना गुरुङ, रोहितराज पराजुली र भूपाल गुरुङ रहेका छन् । मुलुकका ६१ जिल्लामा संघका शाखा गठन गरिएको छ ।

अधिवेशनको उद्घाटन गर्दै संघका केन्द्रीय अध्यक्ष धनीराम शर्माले बिट पत्रकारितालाई स्थापित गर्ने उद्देश्यले संघको स्थापना गरिएको बताउँदै प्रदेश नं ४ पर्यटनको प्रचूर सम्भावना रहेको हुँदा पर्यटन पत्रकारिताको समेत राम्रो सम्भावना रहेको उल्लेख गरे ।

नेपाल पत्रकार महासंघ प्रदेश नं ४ का अध्यक्ष त्रिभुवन पौडेलले पर्यटन प्रवद्र्धन र विकासका सम्बन्धमा कलम चलाउँदै आएका  पत्रकार संगठित हुनु सकारात्मक भएको बताए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ कास्कीका अध्यक्ष एमबी आस्था मगरले पर्यटन क्षेत्रको विकासमा पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे । मुलुकका ६१ जिल्लामा संघको शाखा गठन गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button