ढोरपाटन शिकार आरक्षको अतिक्रमण हटाइँदै

पोखरा न्यूज -१६, असार ।
ढोरपाटन शिकार आरक्षले अवैध जग्गा अतिक्रमण हटाउन शुरु गरेको छ ।

पछिल्लो दुई वर्षमा २८ हेक्टर जग्गा फिर्ता लिइएको आरक्ष कार्यालयले जनाएको छ । कार्यालयको तथ्यांक अनुसार अझै ३५० हेक्टर जमीन अतिक्रमणमा छ । स्थानीय बासिन्दा दशकौँ अघिदेखि आरक्षको जग्गा अतिक्रमण गरेर बसेका छन् । आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार ढोरपाटनमा आरक्ष नबन्दैदेखिको अतिक्रमण रहेको छ ।

“पुरानोसँगै द्वन्द्वको अवधिमा अतिक्रमण बढेको देखिन्छ,” उनले भने । द्वन्द्वकालमा आरक्ष कार्यालय ढोरपाटनबाट विस्थापित भएपछि अतिक्रमण बढेको थियो । बागलुङ, रुकुम र म्याग्दी जिल्लामा फैलिएको आरक्षमा सबैभन्दा बढी जग्गा अतिक्रमण बागलुङमा छ ।

विगतमा जग्गा अतिक्रमण गर्नेलाई राजनीतिक दलले समेत संरक्षण दिने गरेको स्थानीयवासी बताउँछन् । पछिल्लो समय आरक्षको सुरक्षाका लागि नेपाली सेना खटिएपछि चोरी, शिकारी र जग्गा अतिक्रमण घटेको बताइन्छ । विसं २०४४ मा स्थापना भएको ढोरपाटन शिकार आरक्ष एक हजार ३२५ वर्ग किमीमा फैलिएको छ । वन्यजन्तुको शिकारमा रमाउने विदेशीको लागि ढोरपाटन आकर्षक गन्तव्य बनेको छ । वर्षेको दुई याममा आरक्षले शिकार खुल्ला गर्ने गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button