पोखरामा प्रदेश स्तरिय पर्यटन फोटो प्रतियोगितामा हुने

पोखरा न्यूज -२०, असार ।

के तपाँईले प्रदेश नम्बर ४ मा पर्यटन सम्बन्धि कुनै त्यस्ता आकर्षण तथा हेतिहासिक एवं ओझेलमा परेका महत्वपुर्ण बिषय बस्तुहरुको फोटोहरु कैद गरेर राख्नु भएको छ । यदि तपाईले यस्ता फोटाहरु संकलन गरेको राख्नु भएको छ भने तपाई पनि प्रदेश स्तरिय पर्यटन फोटो प्रतियोगितामा सहभागि हुन सक्नुहुन्छ ।

प्रदेश नम्बर ४ को पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले यही असार २७ गते पोखरामा उक्त प्रतियोगिता हुने भएको हो । प्रदेश नम्बर ४ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । पर्यटकिय सम्पदा तथा आकर्षणका फोटो संकलन गरी मन्त्रालयले सुरक्षितका साथ राख्दै आवश्यक पर्ने फोटाको सम्बन्धित व्यक्ति वा संस्थाको समन्वयमा वा निष्चित शुल्क तिरेर प्रयोग गर्ने भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बताए । यस प्रतियोगिताको बारेमा थप जानकारीको लागि पिजे क्लब नेपालको वेभसाईड www.pjclub.com.np मा उपलब्ध छ । उक्त प्रतियोगितामा सहभागिताको लागि यही असार २५ गतेसम्म अनलाईन मार्फत फोटो पठाउनु पर्ने भएको नेपाल पर्यटन वोर्ड प्रदेश नम्बर ४ पोखराका प्रमुख सुर्य थपलियाले बताए ।

मन्त्री लम्सालले प्रदेश ४ को पर्यटन प्रवद्र्धन हुने गरी प्रकासन गर्न लागेको पर्यटकीय उपजको प्रोफाईन तयार गर्ने उद्धेश्यले उक्त प्रतियोगिता आयोजना गरिने भएको बताए । फोटो पत्रकार क्लब नेपालको प्राविधिक व्याबस्थापनमा, नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा हुने उक्त प्रतियोगितामा स्वदेशी तथा विदेशी जो कोहि पनि सहभागि हुन पाउने भएको मन्त्री लम्सालले बताए । पर्यटकिय आकर्षण र पर्यटकिय गतिविधिमा सम्बन्धित तष्विरहरु समावेस गरिने भएको उनले जनाए । प्रतियोगितमा विजेताले ३० हजार, उपविजेताले २० हजार र तेश्रो हुने १५ हजार तथा शान्त्वना हुनेले १० हजार पुरस्कार प्राप्त गर्ने भएको मन्त्री लम्सालले जनाए । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालल पोखरा क्षेत्र सहित समग्र प्रदेश नम्बर ४ मा पर्यटनका उत्पादन तथा बिषय बस्तु खासै सग्रह नभएको अबस्थामा आफुहरुले पर्यटकीय महत्वका बिषय बस्तुहरुको संकलन गर्ने उद्धेश्यले उक्त प्रतियोगिता मन्त्रालयले गर्न लागेको प्रष्ट पारे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button