पहिरोका कारण पोखरा—बागलुङ सडक अवरुद्ध

पोखरा न्यूज -२१, असार ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण सडक माथिबाट आएको पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ ।

सडक खण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५, भ्याप्लेखोलामा सडक माथिबाट आएको पहिरोले पुरिँदा राति १ बजेदेखिनै सडक अवरुद्ध बनेको हो ।

सडक अवरुद्ध भएपछि धौलागिरिका चार जिल्लाका लागि मुलुकका विभिन्न ठाउँबाट आएका सवारीसाधन डिमुवामा रोकिएका छन् भने धौलागिरिबाट छुटेका बिहानी सेवाका छोटो तथा लामो दूरीका सवारीसाधन आम्वोटमा अलपत्र परेका छन् ।

सडक खुलाउनका लागि डोजर र एस्काभेटर बोलाएर परिचालन गर्ने तयारी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्वतले जनाएको छ ।

ट्राफिक प्रहरीका निमित्त प्रमुख काशीनाथ चौधरीका अनुसार डिमुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र डोजर लगाएर सडक खुलाउने प्रयास गरिएको भएपनि वर्षा नरोकिएकाले तत्काल खुल्ने सम्भावना नरहेको जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button