अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन

पोखरा न्यूज -२१, असार ।
गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकमाथिबाट आएको पहिरोले अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन भएको छ ।

सडकखण्डअन्तर्गत मोदी गाउँपालिका वडा नं ५ भ्याप्लेखोलामा सडकमाथिबाट आएको पहिराले पुरिँदा गए राति १ बजेदेखि नै अवरुद्ध सडक अपराह्नदेखि मात्रै सञ्चालन भएको हो । जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरीको टोली र डोजर र स्काभेटर लगाएर सडक सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
सडक सञ्चालन भएसँगै अन्यत्रबाट पर्वत, बागलुङ म्याग्दी र मुस्ताङका लागि आएका सवारी र सो क्षेत्रबाट अन्यत्र जान हिँडेका लामो तथा छोटो दूरीका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । वर्षा नरोकिएकाले र माथिबाट लेदो बग्ने क्रम नरोकिएकाले सडक खुलाउन ढिलाइ भएको ट्राफिक प्रहरी निमित्त प्रमुख काशीनाथ चौधरीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button