एशियाडमा जाने खेलाडीलाई न्यट्रिशियन बारे जानकारी

पोखरा न्यूज -२१, असार ।
एशियाली खेलमा जान बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई बिहिबार पोखरामा न्यूट्रिशियन (पोषण) सम्बन्धी जानकारी दिइएको छ ।

राष्ट्रिय खेलकुद परिषद द्वारा दिइएको उक्त कार्यक्रममा पोखरामा बन्द प्रशिक्षणमा रहेको कराते र प्याराग्लाइडिङका खेलाडी र प्रशिक्षक गरि २१ जना लगाएत स्थानिय प्रशिक्षकहरुको समेत सहभागिता रहेको थियो ।

न्यूट्रिशियन कृष्ण प्रसाद लम्सालले सो अबसरमा खेलमा पोषण शैलीले निकै नै प्रभाव पार्ने बताए । खेलमा पोषण शैलीले पदकको सम्भावनालाई समेत प्रभाव पार्ने हुनाले यो बास्तबिकता निति निर्माता तह सम्म बुझ्न आवश्यक रहेको बताए । खेलमा जस्तै खेलाडीले आफ्नो पोषण युक्त आहारमा समेत ध्यान पु¥याउनु पर्ने कुरामा उनले जोड दिए ।

परिषदका उप निर्देशक बाबुराम नेपालले एशियाडका लागि तयारीमा रहेका विभिन्न खेलका १ सय ८१ जनालाई पोषण सम्बन्धी जानकारी दिइएको बताए । उनले एशियाडमा तयारीमा रहेका खेलाडीलाई यो कार्यक्रमले सामान्य सहयोग पुग्ने बताए । साउन महिना देखि सबै खेलाडी वैदेशिक प्रशिक्षणमा जाने भएकोले पनि यो जानकारी प्रभावकारी हुने उनको भनाइ छ ।

परिषदले विराटनगर, काठमाडौ, महेन्द्रनगर र पोखरामा गरि चार ठाउँमा उक्त प्रशिक्षण दिएको हो । यि चारै स्थानमा एशियाडमा जाने खेलाडीहरु बन्द प्रशिक्षणमा व्यस्त छन ।

पोखरामा कराते र प्याराग्लाइडिङका खेलाडीहरु बन्द प्रशिक्षणमा छन भने करातेको टिम बन्द प्रशिक्षणका लागि जापान जाने तयारी गर्दैछन्। १८ औ एशियाली खेलकुदमा पदकको प्रमुख सम्भावना रहेको प्याराग्लाइडिङ खेलका खेलाडीलाई प्रतियोगिताको ८ देखि १० दिन अघि मात्रै जर्काता पठाउने तयारी भएको उपनिर्देशक नेपालले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button