मुस्ताङमा टिपर दुर्घटना हुँदा १९ जनाको मृत्यु, १३ घाइते ( नामावली सहित )

पोखरा न्यूज -२२, असार ।

मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिकाको स्याङ्बोचेमा टिपर दुर्घटना हुँदा १५ जनाको  मृत्यु भएको छ । दुर्घटनामा परि अन्य  १४ जना घाइते भएका छन्  ।

बेनी-कोरला सडकखण्डको स्याङबोचेमा जोमसोम लोमान्थान सडक निर्माणमा काम गर्ने लेवरहरु बोकेको बिरूवा कन्ट्रक्सन प्रा.लि.को  बा २ क २२१९ नम्बरको टिपर अनियन्त्रित भई सडक देखी करिब  ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ ।

गम्भीर घाइतेलाई एयर डाइनेस्टीको हेलिकप्टरमार्फत पोखरा पठाइएको घटनास्थलबाट घनी प्रहरीचौकीका प्रहरी हवल्दार कृष्णगोपाल परियारले जानकारी दिए ।

घाइतेमध्ये पाँच जनालाई मुस्ताङ सदरमुकाम जोमसोममा उपचारका लागि ल्याइएको छ । अन्य घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताए । “घटनास्थलमा उद्धार चलिरहेको छ, सबै विवरण आउन बाँकी छ”, प्रजिअ पौडेलले भने ।

घटनास्थल जोमसोमदेखि ५० किमीको दूरीमा रहेको जनाइएको छ । प्रजिअ पौडेलका अनुसार उद्धारका लागि घनीबाट गएको प्रहरी टोली र स्थानीयवासी खटिएका छन् । जोमसोमबाट थप प्रहरी घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताए  ।

दुर्घटना भएको क्षेत्रमा सडक निर्माणको जिम्मा विरुवा कन्सट्रक्सनले लिएको बेनी–कोरला सडक खण्डका इञ्जिनीयर जगत प्रजापतिले बताए  ।  घाइतेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले हालसम्म १५ जना मृतकको नाम सार्वजनिक गरेको छ  ।

मृतकहरुको नामावली
१ . दाङ, वर्ष ३० को बाल कुमार घर्ती
२. रोल्पा, वर्ष २८ को सुकमान रोका
३. धादिङ, वर्ष २३ को सुजन घलान (चालक)
४. सिन्धुली, वर्ष २०को जिवन माझी
५. कैलाली, वर्ष २२ को बिन्ती घर्ति
६. रोल्पा, वर्ष १९ को महेश रोका
७. कपिलवस्तु, वर्ष ३५ को कमान सिंह रोका
८. दाङ, वर्ष ३१ की कबिता घ।म। ९महिला०
९. रोल्पा वर्ष ३२ को रामकुमार पुन
१०.दाङ, वर्ष ३५ को सुबेर चौधरी
११. कैलाली वर्ष २३ की बिनिता घर्ती
१२. दाङ, वर्ष ४३ की शान्ती थापा
१३. रोल्पा, वर्ष ३२ की सोन्तु घर्ती
१४.  स्याङ्जा, वर्ष २४ को कृष्ण क्षेत्री
१५. दाङ, वर्ष २५ को कमल बुढा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button