नवलपरासीमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

पोखरा न्यूज -२२, असार ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको देवचुलीमा आज पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ५४११ नं को ट्रकले राजमार्ग पार गर्दै गरेको ना ३९ प ८४६६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक देवचुली–८ का टेकबहादुर सोमैको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते उनको उपचारका क्रममा भरतपुर मेडिकल कलेज चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

महोत्तरी– पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको मरहा पुलमा बा ४४ प ८७५९ नं.को मोटरसाइकल मरहा नदीको पुलमा ठोकिदा मोटरसाइकलमा सवार जनकपुरका रोशन साहको मृत्यु भएको छ । दुर्घटनामा परी सोही मोटरसाइकलमा सवार जनकपुरका सन्तोष महतो गम्भीर घाइते भएकामा उपचारका लागि जनकपुर पठाइएको महोत्तरीका प्रहरी उपरीक्षक कुबेरसिंह कडायतले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button