प्रदेश ४ को नाम गण्डकी, नाम राखेपछि वेलुन उडाएर खुसियाली मनाइयो

नयाँ शक्ति नेपालको लागि भने कालो दिन भएको सांसद आचार्यको भनाइ

पोखरा न्यूज, २२ असार ।

प्रदेश नं ४ को शुक्रबार  बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावलाई दुई तिहाइ बहुमतले पारित गरेको छ ।

यसअघी प्रदेशको राजधानि पोखरा बनाउने बिषयमा सर्वसम्भव सहमति भए पनि प्रदेशको नाम गण्डकी राख्ने बिषयमा भने संसदमा  मतदान भएको हो । मतदानमा नयाँ शक्ति पार्टी बाहेक सवै दलका सांसदहरुले गण्डकी प्रदेशमा मत ब्यक्त गरेसंगै आज शुक्रबार देखि  प्रदेशको नाम गण्डकी रहन गएको हो ।

संसद बैठकमा शुक्रबार उपस्थित भएका ५६ जना सांसदहरु मध्ये ५४ जनाले गण्डकी प्रदेश हुनुपर्नेमा मतदान गरेका थिए भने त्यसको विपक्षिमा नयाँ शक्तिका दुई जना रहेका थिए । प्रदेश ४ मा ५९ जना सांसदहरु रहेका छन। गण्डकी प्रदेश राख्ने बिषयमा दुई तिहाई बहुमतले मतदान गरेसंगै प्रदेश ४ को नाम गण्डकी भएको उप–सभामुख सिर्जना शर्माले घोषणा गरेकी हुन । सांसद मायानाथ अधिकारीले प्रदेशको नामाकरण गण्डकी हुनुपर्ने भन्दै सदनमा प्रस्ताव पेस गरेसंगै कांग्रेसका सांसद मणिभद्र शर्मा, नेपाल कम्युनिष्ट पार्टीका सांसद गायत्री गुरुङ र राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले समर्थन गर्दै यस प्रदेशको सवै जाति, भाषा, समुदायलाई मान्य हुने नाम गण्डकीनै हुने दाबी गरेका हुन।

प्रदेश ४ को नाम गण्डकी राख्न सफल भएकोमा प्रदेश सभाबाट वेलुन उडाएर खुसियाली मनाइएको छ । प्रदेश नम्बर ४ का मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङ सहितका मन्त्री तथा सांसदहरुको उपस्थितीमा मुख्य मन्त्री गुरुङले वेलुन उडाएका हुन।

प्रदेशको नामाङकरणको बिषयमा नयाँ शक्ति पार्टीका हरिशरण आचार्य र धन माया पोखरेल लामाले मात्र सदनमा फरक मत राखेका हुन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कागेंस, राष्ट्रिय जनमोर्चले भने प्रदेश नम्बर ४ को नाम गण्डकी प्रदेश नै उपयुक्त हुने कुरामा विहिबार देखि छलफलमा सहभागि भएका हुन। शुक्रबारको छलफलमा मुख्य मन्त्री गुरुङ सहित १९ जनाले वोलेका हुन।

मुख्य मन्त्री गुरुङले पहिचानका आधारमा केहि आन्दोलनकारी जनजातिहरुले सवै कुरा पुरा हुन्छ भन्नु संक्रिण सोच भएको दाबी गरे । अबको प्रजातन्त्रमा दिगो शान्ति, समृद्धि र सामाजिक तथा सांस्कृतिक एवं आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा  जोड दिदै मुख्य मन्त्री गुरुङले उत्पिडनमा परेकाहरुको विकास गर्नु संघियताको अर्थ रहेको बताए ।

शुक्रबार बिहान ११ बजेबाट सदन सुरु हुने भनिए पनि करिब १२ः१५ बजे तिर मात्र सदन सुरु भएको थियो । नयाँ शक्ति पार्टीका हरिशरण आचार्यले पहिचान विना प्रदेशको नाम राख्नु आफुहरुको लागि कालो दिनको रुपमा रहेको बताए । उनले भने “हिजो एकल जाति अहङकारबादले जे देखाएको छ आजको सदनले त्यही देखाएको छ, त्यो केहि भन्दा फरक छैन। ”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button