पोखराको काजीपोखरीमा बृहत सरसफाइ अभियान

पोखरा न्यूज -२३, असार ।

पोखरामा जारी बृहत सफाइ अभियान शनिबार काजीपोखरी क्षेत्रमा सम्पन्न भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

‘हप्तामा एक घण्टा, राष्ट्रका लागि समाजसेवा’ भन्ने नाराका साथ संचालित ११० हप्ताको कार्यक्रममा झण्डै ७ टन फोहरमैला संकलन गरिएको अभियन्ता रामजी जिसीले बताए । सरसफाइ वीरेन्द्र चोक देखि काजीपोखरीसम्म गरिएको हो ।

यसअघि भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले अभियानप्रति शुभकामना व्यक्त गर्दै फोहरमैला उठाएर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

यस हप्ताको अभियानलाई नेपाल प्रहरी, ट्राफिक प्रहरी, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, एनआइसी एशिया बैंक, माछापुच्छ्रे महिला क्लब, अभियान महिला समूह, ड्यामसाइड टोल विकास संस्था, मितेरी नारी समूह, मान्द्रेढुंगा युवा क्लब, जलेश्वर आमा समूह, मान्द्रेढुंगा आमा समूह, गोल्डेन फ्यूचर मावि रामबजार, कालिका बहुमुखी क्याम्पस, स्थानीय आमा समूह, टोल विकास संस्था लगायत टोलबासीहरुको उल्लेख्य सहभागिता रहेको अभियान संयोजक रामबहादुर पौडेलले जानकारी दिएका छन् ।

कार्यक्रममा अभियानका लागि मन्त्री बस्नेतले १० प्याकेट डिस्पोजल ग्लोब, १० थान डोको र ५ थान हँसिया अभियन्ताहरु अञ्जु केसी, गीता पौडेल र राजकुमारी थापालाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा वडा १४ का वडा अध्यक्ष प्रेमबहादुर कार्कीले धन्यवाद ज्ञापन गरेका थिए ।

आगामी १११ हप्ताको सरसफाइ अभियान केदारेश्वर मन्दिर परिसर र कोमागाने पार्कमा हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button