समृद्धि र विकासका लागि प्रकोप न्यू्नीकरण अपरिहार्य

पोखरा न्यूज -२५, असार ।
मुलुकको समृद्धि र विकासका लागि प्रकोप व्यवस्थापन अपरिहार्य भएको यस क्षेत्रका विज्ञले एक कार्यक्रममा सामूहिक धारणा व्यक्त गरेका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट) प्रविधि संकायद्वारा पोखरामा आयोजित पहिरो नक्सांकन र जोखिम न्यूनीकरण विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्ने विज्ञले प्रकोप न्यूनीकरण आवश्यक रहेकोमा जोड दिएका हुन् ।

गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्थापन तथा सहकारी विकास मन्त्री लेखबहादुर थापाले प्राकृतिक तथा मानवीय क्रियाकलापका कारण हुनसक्ने प्रकोपको जोखिम न्यूनीकरणका लागिसमेत समुदायमा आधारित कार्यक्रम सञ्चालन गरिनुपर्ने बताए ।

प्रदेश सरकार नागरिकको जीउधनको सुरक्षाका लागि प्रतिबद्ध रहेको बताउँदै उनले खोज तथा अनुसन्धानको व्यावहारिक प्रयोगमा नाष्ट लाग्नुपर्नेमा जोड दिए ।

प्रा डा शोभाकान्त लामिछानेले विज्ञान र प्रविधिका विभिन्न आयामको समुचित उपयोगमार्फत समृद्धिको अभियानमा योगदान गर्नुपर्ने उल्लेख गर्दै राष्ट्रको विकासमा बौद्धिक जगत्लाई उपयोग गरिनुपर्ने विचार व्यक्त गरे ।

भूगोलविद् प्रा डा कृष्ण केसीले नाष्टद्वारा विकास गरिएका प्रविधिको समुदायस्तरमा पु¥याउनु पर्ने बताए । कार्यक्रममा अनुसन्धानकर्ता रामप्रसाद रिजालले पूर्व सूचना प्रणाली, विज्ञ प्रेमबहादुर थापाले गण्डकी प्रदेशमा पहिरोका केन्द्र तथा जोखिम, प्रा डा जीवराज पोखरेलले समुदायमा आधारित जोखिम न्यूनीकरण र नाष्टका प्रविधि विभागका प्रमुख डा रवीन्द्रप्रसाद ढकालले जोखिम न्यूनीकरणका सम्बन्धमा नाष्टले गरेका गतिविधिका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button