“फुटबल बिकासको ‘रोडम्याप’ तयार गर्दैछौं”– एन्फा अध्यक्ष शेर्पा

पोखरा न्यूज -२६, असार ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपालमा फुटबल बिकासका लागि रोडम्याप तयार गरिरहेको बताएका छन् ।

ललितपुर सातदोबाटो स्थित एन्फा मुख्यालयमा सहारा क्लब पोखरा र सहारा युकेका प्रतिनिधीहरुको संगको भेटघाटमा अध्यक्ष शेर्पाले उक्त कुरा बताएको हुन्।

सो अबसरमा अध्यक्ष शेर्पाले एन्फाले नेपालमा अब तिब्र गतिका साथ फुटबल बिकासका लागि काम गर्ने भएकाले नितीगत रुपमा अगाडी बढाउन रोडम्याप तयार गर्न लागेको समेत बताए ।

नेपालका ७७ वटै जिल्लामा तल्लो तह नै फुटबल बिकासका लागि आधारशिलाहरु स्थापित गर्दै ७ वटै प्रदेशमा कम्तिमा पनि दुइ वटा प्रशिक्षण केन्द्रहरु स्थापना गर्ने सोच समेत रहेको अध्यक्ष शेर्पाले बताए ।

भेटघाटका अबसरमा एन्फा अध्यक्ष शेर्पाले मोफसलमा आयोजना हुने फुटबल प्रतियोगिताहरुको स्तर निर्धारण गर्ने बताएका छन । उनले यसका लागि जिल्लामा प्रतियोगिता आयोजना गर्ने क्लब तथा संस्थाहरुलाई पत्राचार गरिसकको जानकारी समेत सो अबसरमा दिए ।

सो अबसरमा सहारा यूकेका पूर्ब अध्यक्ष दिलिप गुरुङ, सहारा क्लबका पूर्व सल्लाहकार तथा एनआरएन यूकेका पूर्व अध्यक्ष् मुछेत्र गुरुङ, सहारा यूकेका सल्लहाकार लालकाजी गुरुङ, सहारा क्लबका अध्यक्ष बेशब थापा, पूर्ब अध्यक्ष बिक्रम थकाली, निवर्तमान अध्यक्ष विरभद्र आचार्य र अग्रज फोटो पत्रकार शुर्दसन रन्जित लगाएतको उपस्थिती रहेको थियो ।

सो अबसरमा एन्फा उपाध्यक्ष कृष्ण थापा लगाएत अन्य एन्फा पदाधिकारीको पनि उपस्थिती रहेको थियो ।

सहरा यूकेका प्रतिनिधी मण्डलले सो अबसरमा अध्यक्ष शेर्पा लाई खादा र माला अपर्ण गरि बधाइ दिंदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । सो अबसरमा उनीहरुले नेपाली टिम बेलायतमा प्रशिक्षण आएको बेला सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button