नवलपरासीमा दुर्घटनामा चार यात्रु घाइते

पोखरा न्यूज -२६, असार।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ खरकट्टा जंगलमा आज भएको सवारी दुर्घटनामा परी एक भारतीयसहित चार यात्रु घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ५९४६ नंको ट्रकले राजमार्ग छेउमा बिग्री रोकिराखेको ना ७ ख २०८० नंको ट्रकमा ठोक्किँदा ना ५ ख ५९४६ नंको ट्रकमा सवार यात्रु घाइते भएका हुन् । घाइतेको अहिले स्थानीय नवलपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button